यो वर्ष विश्वमा १ करोड ४० लाख इभी बिक्री हुने, इन्ट्रि लेभल इभीको मूल्य कम हुने अनुमान
यो वर्ष विश्वमा १ करोड ४० लाख इभी बिक्री हुने प्रक्षेपण गरिएको छ ।...
काठमाडौं–नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै ‘नेक्स्ट लेभल कनेक्टिभिटी’ सहितको ‘बेस्ट लुकिङ’ ईभी दिपल एस०७ आईसीएका लागि ‘एमएडब्लु–ग्यारेन्टेड बाई ब्याक’ योजना घोषणा गरेको छ ।
नेपालको नं १ लक्जरी इभीको स्थानलाई मजबुत बनाउँदै एमएडब्लु वृद्धिले दिपल एस ०७ मा यो ऐतिहासिक ग्राहक योजना ल्याएको हो । योसँगै ग्राहकले ‘जिरो ओनरशिप कस्ट फर फाइभ इयर’ योजना पनि पाउनेछन् ।
यस योजना अन्तर्गत दिपल एस ०७ खरिद गर्ने ग्राहकले आफ्नो ईभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्ष सम्ममा एमएडब्लुबाट ‘ग्यारेन्टेड बाइ ब्याक भ्यालु’ पाउने जनाइएको छ । यसबाट दिपल एस ०७ खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्री लाइफ’ र ‘रिसेल भ्यालु’ को चिन्ताबाट मुक्त गर्ने अपेक्षा एमएडब्लुले गरेको छ । दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस ०७ छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टेड रिसेल भ्यालु’ दिइनेछ ।
यो योजनासँगै ग्राहकले ‘जिरो ओनरशिप कस्ट फर फाइभ इयर’ अर्थात दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न समेत पाउनेछन् । साथै, पाँच वर्षसम्म निशुल्क ‘अटो प्लस इन्स्योरेन्स’, निशुल्क ‘पेरियोडिक मेन्टेनेन्स’, निशुल्क चार्जिङमा लाग्ने शुल्क र निशुल्क ‘रोड ट्याक्स’ लगायतका सुविधा पाइनेछ ।
‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, ईभी किन्ने आत्मविश्वास बढाउनु र एस ०७ आईसीएप्रति विश्वास बढाउनु हो । लक्जरी, स्टाइल र इनोभेसनले भरिएको ईभीको स्वामित्वलाई सहज बनाउनु हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने ।
उनका अनुसार ‘बाई ब्याक ग्यारेन्टी’ र ‘जिरो ओनरशिप कस्ट फर फाइभ इयर’ जस्ता दुई योजनाले लक्जरी इभी सेग्मेन्टमा दिपल एस ०७ आईसीको नेतृत्वलाई अझ बलियो बनाउनेछ ।
यो वर्ष विश्वमा १ करोड ४० लाख इभी बिक्री हुने प्रक्षेपण गरिएको छ ।...
चेरीको नयाँ एसयुभी फुलविन ए८एल ले सर्बाधिक रेन्ज दिने हाइब्रिड कारका...
काठमाडौँ – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...