संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कारको बिक्री शुरु, अलिबाबाबाट खरिद गर्न सकिने
चाइनिज कार निर्माता कम्पनीले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार के५ को...
काठमाडौं – नेपालका चर्चित कलाकार अनुप विक्रम शाही र प्रदिप खड्काले डिजाइन र प्रविधिका कारण नेपालमा लोकप्रिय बनेको दिपल एस०७ खरिद गरेका छन् । पछिल्ला डेलिभरीहरुले इन्टेलिजेन्ट र स्टाइलिस एसयूभी दिपल एस०७ अझै पनि प्रभावशाली व्यक्तिहरुको रोजाइ परिरहेको तथ्यलाई यसले थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।
पछिल्लो समयमा रिलिज भएको साइन्सफिक्सन सिनेमा ‘एक्लो’ लगायत थुप्रै चलचित्रहरुमार्फत दर्शकको मन जित्न सफल अग्रणी अभिनेता तथा स्टाइल आइकन प्रदिप खड्काले एस०७ को फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण आफ्नो ग्यारेजमा नयाँ दिपल थपेको बताए । त्यसैगरी, बलिउड स्टार सलमान खानसँग बहुप्रतिक्षित सिनेमा ब्याटल अफ गल्वानमा स्क्रिन सेयर गरेर आफ्नो ख्याती विश्वभर चिनाएका लोकप्रिय अभिनेता अनुप विक्रम शाहीले पनि भर्खरै दिपल एस०७ खरिद गरेका हुन् ।
अनुप विक्रम शाही र प्रदिप खड्कालाई दिपल परिवारमा स्वागत गर्न पाउँदा दिपलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि गौरवान्वित भएको बताएको छ । कम्पनीले भनेको छ, ‘उत्कृष्टताप्रति उहाँहरुको प्रतिबद्धता र उहाँहरुको स्टाइल आइकन पहिचान दिपल एस०७ को इनोभेसन, स्टाइल र फ्युचर रेडी पर्फर्मेन्स जस्ता मूल्यसँग पूर्ण रुपमा मेल खान्छ ।’
एक दर्जनभन्दा बढी इन्डष्ट्रि फर्स्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल एस०७ आईसीएले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिन्छ । यसमा रहेका जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट र आउडोर स्पिकर जस्ता फिचरले दिपललाई नेपालकै नं. १ लक्जरी ईभी बनाएको कम्पनीको दावी छ ।
चाइनिज कार निर्माता कम्पनीले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार के५ को...
चिनियाँ इलेक्ट्रिक सवारी निर्माता कम्पनी एक्सपेङले आफ्नो उत्पादन...
पोखरा – एमएडब्लु वृद्धिले पोखरामा आयोजना गरेको एक्सचेन्ज एन्ड टेस्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...