साउदी अरबबाट आइएमईमार्फत पैसा पठाउँदा बीवाईडी एट्टो १ ईभी जित्ने अवसर
काठमाडौं – आइएमई लिमिटेडले डिजिटल वालेट ‘टिक्मो’ मार्फत ‘आइएमई गरौं,...
काठमाडौं – नेपालको नं १ लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले केही दिनमै लक्जरी, स्टाइल र प्रविधिको अद्वितीय संयोजन गर्ने आफ्नो नयाँ एसयूभी दिपल एस०५ सार्वजनिक गर्ने तयारी गरिरहेको बताएको छ ।
दिपल एस०७ को सफलतापछि एस०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिस्कृत एसयूभी ल्याउन लागेको हो । विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एलईडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउनेछ ।
एस०५ भित्र पस्नेबित्तिकै प्रिमियम र लक्जरीको आभाष दिलाउनेछ । यसमा नेपालमै पहिलो पटक जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फङसन र वान टच न्याप मोड सहितको क्विन को–पाइलट रहेको छ । यसका दुवै सिट वेलकमिङ छन् भने ठूलो १६० लिटरको फ्रंक, आउटडोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानसिप रहेको छ जसले हरेक यात्रालाई लक्जरियस बनाउनेछ ।
नयाँ एस०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किङ छ, जसले साँगुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्नेछ । साथै यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स (एडास २.०) छ जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिङ कन्फिडेन्सलाई बढाउनेछ । साथै यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले रहेको छ जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङको अनुभव दिलाउँछ ।
त्यसैगरी नयाँ एस०५ मा पहिलो पटक संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ जसको लाइफस्पान ६ लाख किलोमिटर हुन्छ र यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुनेछ । साथै यसमा सुरपेरियर कोल्ड वेदर पर्फर्मेन्स पनि प्रदान गर्छ जसले नेपालको सबै भौगोलिक र जलवायुमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछ ।
नयाँ दिपल एस०५ ले नेपालको ईभी बजारमा दिपल एस०७ ले कायम गरेको दबदबालाई अझै बलियो बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको बताएको छ ।
।
काठमाडौं – आइएमई लिमिटेडले डिजिटल वालेट ‘टिक्मो’ मार्फत ‘आइएमई गरौं,...
ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले गियर भएको पहिलो इलेक्ट्रिक बाइक एरा...
शहरहरूमा दैनिकजसो मानिस ट्राफिक जाम र हर्नको कर्कश आवाजको समस्या...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...