विद्युतीय गाडीको प्रविधि बुझाउन पोखरामा सेमिनारको आयोजना
पोखरा – विद्युतीय गाडीको प्रविधिको भविष्य बुझाउने उद्देश्यले पोखरामा...
डिसेम्बर महिनामा सम्पन्न युरो एनक्याप क्र्यास टेस्टमा थप चार नयाँ चाइनिज ब्रान्डका कारले फाइभ स्टार रेटिङ पाएका छन् ।
चांगान दिपल एस०७, स्टेलान्टिसको लिपमोटर सी१०, एसएआईसीको म्याक्सस ई–टेरेन ९ र भल्वो ईएक्स३० ले सो रेटिङ पाएका हुन् ।
यी मध्ये म्याक्सस ई–टेरेन ९ ले समग्रमा सबैभन्दा बढी रेटिङ पाएको छ । यो हाई–इन्ड इलेक्ट्रिक पिकअप ट्रक हो ।
त्यसैगरी चांगानको दिपल एस०७ ले एडल्ट अकुपेन्ट क्याटागोरीमा सबैभन्दा बढी अर्थात ९५ प्रतिशत स्कोर पाएको छ । युरो एनक्याप २०२४ मा मूल्यांकन गरिएका कार मध्ये यो सबैभन्दा बढी स्कोर हो । दिपल एस०७ ले चाइल्ड अकुपेन्टमा ८७, सेफ्टी असिस्टमा ७७ र भल्नरेवल रोड युजरमा ७४ प्रतिशत रेटिङ पाएको छ ।
जिकर एक्स र स्मार्ट वानको प्लेटफर्म सेयर गरिएको कम्प्याक्ट एसयूभी भल्वो ईएक्स३० ले एडल्ट सेफ्टीमा ८८ र चाइल्ड अकुपेन्टमा ८५ प्रतिशत स्कोर पाएको छ ।
लिपमोटर सी१० क्रसओभरले एडल्ट अकुपेन्टमा ८९ र चाइल्ड अकुपेन्टमा ८५ प्रतिशत स्कोर पाएको छ । यसले भल्नरेवल रोड युजर र एक्टिभ सेफ्टी क्याटागोरीमा क्रमशः ७७ र ७६ प्रतिशत स्कोर पाएको छ ।
यी मध्ये दुई मोडल दिपल एस०७ र लिपमोटर सी१० नेपाली बजारमा पनि उपलब्ध छन् । दिपल एस०७ लाई एमएडब्लु वृद्धि र लिपमोटर सी१० लाई सांग्रिला मोटर्सले बिक्री–वितरण गरिरहेका छन् । नेपाली बजारमा यी ईभीको राम्रो चर्चा समेत छ ।
पोखरा – विद्युतीय गाडीको प्रविधिको भविष्य बुझाउने उद्देश्यले पोखरामा...
विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीले सन् २०२३ मा तीव्र रुपमा बजार...
बजारमा हाइब्रिड कारको संख्या पछिल्लो केही वर्षहरुमा बढेको छ । हाइब्रिड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...