अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अहिले एस०७ र एल०७, केही समयपछि एस०५ र जी३१८ पनि सार्वजनिक गरिने

चांगान अटोमोबाइल अन्तर्गतको प्रिमियम न्यु इनर्जी भेइकल ब्रान्ड दिपल अस्ट्रेलियामा प्रवेश गरेको छ । दिपलले आफ्ना दुई लोकप्रिय मोडल दिपल एस०७ र दिपल एल०७ सहित दुई भावी मोडल जी३१८ र एस०५ लिएर यसै साता अस्टे«लिया प्रवेश गरेको हो ।

यसअघि गएको ११ सेप्टेम्बरमा दिपलले अस्टे«लियन ग्राहकलाई सुध्रित र अटुट कस्टमर एक्सपेरियन्सका लागि ग्राहक सम्पर्क केन्द्र, पार्ट्स वितरण र बिक्रीपछिको प्राविधिक तालिम लगायतका क्षेत्रमा अस्टे«लियन डिलर इन्चकेपसँग साझेदारी गरेको थियो ।

गत वर्षको नोभेम्बरमा विश्वव्यापी विस्तारको नीतिलाई अवलम्बन गरेपछि दिपलले दक्षिणपूर्वी एसिया र नेपालदेखि ल्याटिन अमेरिका र मध्यपूर्वमा तीव्र गतिमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गएको छ । यसबीच सेप्टेम्बरको सुरुमा साउदी अरेबियामा आधारित अटोमोबाइल ग्रुप एएल टेयर मोटर्ससँग नीतिगत साझेदारी गर्दै साउदी बजारमा आफ्नो लाइनअपलाई प्रवेश गराएको थियो ।

केही समयअघि थाइल्यान्ड, नेपाल र मेक्सिकोमा प्रवेश गरेको थाइल्यान्डले त्यहाँको बजारमा राम्रो प्रदर्शन गर्दै आएको छ । मेक्सिकोमा गएको जुलाईमा अल इलेक्ट्रिक र रेन्ज एक्टेन्डेड भर्सनमा दिपल एस०७ सार्वजनिक गरिएको थियो जसले क्रमस ६२० किलोमिटर र १२०० किलोमिटर रेन्ज दिन्छ । दिपलले गत वर्ष थाई बजारमा लागि राइट ह्यान्ड एस०७ र एल०७ सार्वजनिक गरेको थियो ।

त्यसको केही महिनापछि नेपालमा सार्वजनिक भएको दिपलले नेपाली ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । विशेष गरी यसको डिजाइन र टेक्नोलोजीका कारण दिपल ईभीलाई नेपाली बजारमा छोटो समयमै स्थापित गराएको छ ।

सम्बन्धित समाचारहरू

वुलिङ बिंगो ईभी किन्नेलाई नबिल बैंकले कर्जा दिने, यस्तो छ व्यवस्था

वुलिङ बिंगो ईभी किन्नेलाई नबिल बैंकले कर्जा दिने, यस्तो छ व्यवस्था

काठमाडौं – विद्युतीय गाडी वुलिङको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट...

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

काठमाडौं – विर्तामोडमा दिपल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा...

बीवाईडीले सार्वजनिक ग-यो डिसस सिस्टम, भेइकल टेक्नोलोजीको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि

बीवाईडीले सार्वजनिक ग-यो डिसस सिस्टम, भेइकल टेक्नोलोजीको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि

विश्व प्रसिद्ध इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले बीवाईडी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...