अटो शोरुम, वर्कशप तथा स्पेयर पार्ट्स व्यवसायमा संलग्न जनशक्तिका लागि खोप उपलब्ध गराउन माग
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल शोरुम, वर्कशप...
काठमाडौं–नाडा अटो शोलाई यसपटक यति धेरै चर्चामा केहीले ल्याएको छ भने त्यो हो दिपलको उड्ने कार । यस नयाँ प्रविधिले अहिले धेरैको ध्यान आकर्षित गरिरहेको छ । उड्ने कार हेर्नकै लागि भनेपनि नाडा अटो शोमा जान चाहने दर्शकको संख्या बढिरहेको छ ।
यति धेरै चर्चा पाएको उड्ने कारलाई प्रतिकूल मौसमका कारण बाटो अवरुद्ध भएसँगै मानिसले बोकेर ल्याउनु परेको छ । तातोपानी नाका तर्फको सडक बन्द भएपछि स्थानीय मानिसलाई बोकाएर कार भित्र्याइएको हो । केही दिनमै साे कार काठमाडौं आइपुग्ने छ ।
बाढीपहिरोले तातोपानी नाकाको कोदारीमा १५ दिनदेखि बाटो बन्द रहेका कारण उक्त कार तातोपानी नाकामा बोकेर ल्याइएको हाे । उक्त बाटो कारलाई भरिया लगाइ बोकेर कटाइएको नेपालका लागि दिपलका गाडी बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले जनाएको छ। सामाजिक सञ्जालमा यो दृश्यले निकै चर्चा पाएको छ, जहाँ “उड्ने कार” लाई मानिसहरूले बोकेर ल्याइरहेको देखिएको छ।
चांगनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि अटोकर्पले भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा सोकेस गर्न दिपलको सो कार नेपाल ल्याएको हो ।
चांगन अटोमोबालको सब ब्रान्ड दिपलले बनाएको अटोनोमस फ्लाइङ कार नाडा अटो शोमा राख्न लागिएको हो । जसलाई इलेक्ट्रिकल भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ(ईभीटीओएल) फ्लाइङ कार समेत भनिन्छ ।
यो प्रदर्शनीमा चांगन अटोमोबाइल र इहाङ कम्पनीको सहकार्यमा निर्मित उड्ने कार पहिलो पटक सार्वजनिक रूपमा प्रदर्शन गरिनेछ।
दुईजना वस्न मिल्ने यस कारलाई स्वचालित रुपमा उडाउन मिल्छ । एक पटकको फुल चार्जमा ३० किलोमिटर रेन्ज प्रदान गर्ने यस कारको स्पिड भने प्रति घन्टा १३० किलोमिटर मात्रै छ ।
यो कार दुई सिट क्षमताको छ, जसमा ८ वटा प्रोपेलर र ८ वटा इलेक्ट्रिक मोटरहरू छन्। साथै, सुरक्षाका लागि मल्टी-प्यारासुट प्रणाली पनि जडान गरिएको छ। यसले शहरी हवाई यातायातलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
दक्षिण एसियामै अटो प्रदर्शनीका नाममा भए पनि उड्ने कार भित्र्याउने पहिलो मुलुक नेपाल हुने भएको छ । उड्ने कार पूर्णरूपमा विद्युतीय छ । यो कारले ठाडो उडान र अवतरण गर्छ । यससँगै, आगामी दशकहरूमा सहरी गतिशीलतामा क्रान्तिकारी परिवर्तन ल्याउने नवप्रवर्तनको अपेक्षा यसबाट गरिएको छ ।
तस्बिर स्राेत : ताताेपानी भन्सार कार्यालय ।
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल शोरुम, वर्कशप...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा नयाँ नेतृत्वका लागि यही मंसिर २३ गते...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...