फक्सवागनले ल्यायो आधुनिक प्रबिधी र रेट्रो लुक्सको इलेक्ट्रिक भ्यान
जर्मन अटो निर्माता फक्सवागनले नयाँ इलेक्ट्रिक भ्यान आइडी बज सार्बजनिक...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल भन्दा बीवाईडीको स्टलको फरक पहिचान छ । नेपालमा मात्र होइन, विश्वमै सबैभन्दा बढी चर्चामा रहेको बीवाईडीका उत्पादन अवलोकन गर्न पाउनु अवलोकनकर्ताका लागि आफैमा एक महत्वपूर्ण हुन सक्छ । यसकारण पनि बीवाईडीको स्टलमा दर्शक झुम्मिएको देख्न सकिन्छ ।
विश्वमै चर्चामा रहेको अर्को कम्पनी टेस्लालाई टक्कर दिइरहेको बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक हो । साइमेक्स इंकले यो वर्ष नाडा अटो शोमा गाडी मात्र होइन, गाडीका लागि आवश्यक प्रविधिको वारेमा समेत ग्राहकले जानकारी राख्नु पर्छ भन्ने मान्यताका साथ स्टल निर्माण गरेको छ ।
एट्टो ३ को २०२४ भर्सन
बीवाईडीले केही दिन पहिले मात्र २०२४ भर्सनको एट्टो ३ सार्वजनिक गरेको छ । कम्पनीले त्यही नयाँ मोडलको एट्टो ३ को वारेमा स्टलमा जानकारी प्रवाह गरिरहेको छ । आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको सो बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएका छन् । नयाँ एक्सटेरियर र इन्टेरियर, इन्फोटेनमेन्ट सिस्टम र बीवाईडी एप जस्ता महत्वपूर्ण फिचर भएको यो गाडी आफैमा चर्चित छ ।
नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको छ । नेपाल भित्रिएको दुई वर्ष भन्दा कम समयमै ३ हजार युनिट भन्दा बढी बीवाईडी एट्टो ३ नेपाली सडकमा गुडिरहेका छन् ।
बीवाईडी सिलायन ७
बीवाईडीले अर्को आकर्षणको रुपमा प्रस्तुत गरेको गाडी हो बीवाईडी सिलायन ७ । यद्यपि यो गाडी बिक्रीका लागि उपलब्ध छैन । मिडसाइज एसयूभी सिलायन बीवाईडीले २०२३ नोभेम्बरमा पहिलो पटक सार्वजनिक गरेको थियो ।
सिलायनको इन्टेरियरमा मसाज फङ्सन सहितको भेन्टीलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्कृन छन् । साथै यसमा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा ओम्नी भ्यू क्यामरा दिइएको छ ।
त्यसैगरी भ्वाइस कन्ट्रोल, कृष्टल गियर सेलेक्टर, ल्यापटपका लागि २२० भोल्टको पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ वटा स्पीकर, ५० वाटको वायलेस चार्जर, ५० इन्चको एआर एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ, नापा लेदर सिट दिइएको छ ।
सिलायन ७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा उपलब्ध छ । चीनमा सिलायन सेभेन स्ट्यान्डर्डले एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६ सय १० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ ।
ब्लेड ब्याट्री
बीवाईडीको ब्लेड ब्याट्री विश्वमै फरक प्रविधिको ब्याट्रीको रुपमा परिचित छ । हाल विद्युतीय सवारीमा प्रयोग हुने लिथियम आयोन ब्याट्री भन्दा फरक प्रविधि र गुणस्तर भएकाले यसको चर्चा पनि फरक छ । यही फरक प्रविधिलाई बीवाईडीले अवलोकनकर्ताका लागि परिचित गराउने अवसरको रुपमा नाडा अटो शो २०२४ को उपयोग गरेको छ ।
ब्लेड ब्याट्रीमा ब्याट्री प्याक अनुसार फरक फरक क्षमताका ब्लेड ब्याट्री उपलब्ध हुन्छन् । यसलाई ब्याट्री प्याकमा ब्लेड जसरी मिलाएर राख्न सकिन्छ । परम्परागत लिथियम आयोन ब्याट्री र लिथियम आइरन फस्फेट ब्याट्री भन्दा यो बढी सुरक्षित हुनुका साथै लामो रेन्ज दिने र टिकाउ समेत हुन्छ ।
ब्लेड ब्याट्रीको मुख्य फाइदा भनेको चार्जिङ साइकललाई ३ हजारसम्म पु¥याउनु हो, त्यही कारण सिंगल ब्याट्री प्याकले नै १२ लाख किलोमिटरसम्म गुडाउन सकिन्छ । यो ब्याट्रीलाई फास्ट चार्जरको साहयतामा १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ३३ मिनेट लाग्ने कम्पनीको दावी छ ।
ई–प्लेटफर्म ३.०
धेरै कम्पनीहरुले पेट्रोलियम कार र इलेक्ट्रिक कारका लागि उही प्लेटफर्म प्रयोग गरेका छन् । तर बीवाईडीले भने ईभीका लागि छुट्टै आफ्नै प्लेटफर्म ई–प्लेटफर्म ३.० प्रयोग गरेको छ । यसकारण पनि बीवाईडीको चर्चा बढी छ ।
बीवाईडीका एट्टो ३ र डल्फिन लगायतका ईभी प्योर ईभी अर्थात ईभी डेडिकेटेड प्लेटफर्मममा उत्पादन भएका इलेक्ट्रिक कार हुन् । यी दुई कारलाई बीवाइडी आफैले विकास गरेको ई–प्लेटफर्म ३.० मा निर्माण गरिएको हो । यो प्लेटफर्मलाई कम्पनीले प्योर इलेक्ट्रिक भेइकल उत्पादनका लागि विशेष तवरले विकास गरेको नेक्स्ट जेनेरेसन प्रविधि भनेको छ ।
बीवाईडीको यो प्लेटफर्मलाई कम्पनीले ब्लेड ब्याट्रीका लागि उपयोगी हुने गरी विशेष तवरले तयार पारेको हो । जहाँ एउटै प्लेटफर्मममा ८ मूख्य कम्पोनेन्टलाई सुरक्षित तवरबाट समायोजित गरिएको हुन्छ । जसका कारण ब्याट्रीको सुरक्षा र कारको पर्फमेन्सलाई प्रत्याभूत गर्न सकिन्छ ।
यो प्लेटफर्मको मूख्य विशेषताका रुपमा यसको इलेक्ट्रिक पावरट्रेनको इफिसियन्सीलाई लिने गरिन्छ । जहाँ मोटर, मोटर कन्ट्रोलर, रिड्युसर, अनबोर्ड चार्जर, डीसी कन्भर्टर, हाइ–भोल्टेज डिस्ट्रिब्युसन बक्स, भेइकल कन्ट्रोलर र ब्याट्री म्यानेजमेन्ट सिस्टम जस्ता ८ वटा मुख्य कम्पोनेन्टलाई एकाकार गरिएको हुन्छ ।
यसैगरी यसको अन्य विशेषताका रुपमा लामो ह्विलवेस, पर्याप्त प्यासेन्जर स्पेस, फराकिलो टेम्परेचर रेन्ज र इन्टेलिजेन्ट ड्राइभिङलाई लिने गरिएको छ ।
यी वाहेक बीवाईडी डल्फिन र सिल लगायतका सवारी साधन तथा बीवाईडीले हालै उपलब्ध गराएको बीवाईडी एपको वारेमा समेत धेरैले चासो राखेको पाइन्छ ।
जर्मन अटो निर्माता फक्सवागनले नयाँ इलेक्ट्रिक भ्यान आइडी बज सार्बजनिक...
ब्रिटिश कम्पनी ज्याप इलेक्ट्रिक भेइकलको इलेक्ट्रिक सिटी बाइक ज्याप आई३००...
काठमाडौं – बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...