सडकमा देखिने ‘डल्फिन’ को भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दा १ लाख जित्ने अवसर
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी...
काठमाडौं – नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल ईभी खरिद गर्ने ग्राहकका लागि आकर्षक अफरहरुसहितको ‘अनमिसेबल’ अर्थात छुटाउनै नमिल्ने प्रि–बजेट स्किमको घोषणा गरेको छ ।
बजेट आउनुभन्दा पहिले सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरुले भरिएको दिपल ईभीलाई आकर्षक अफरहरुसहित खरिद गर्ने यो अनुपम समय हुने कम्पनीको भनाइ छ ।
‘अनमिसेबल प्रि–बजेट अफर’ मा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ । साथै, ग्राहकले आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा पनि पाउने छन् ।
नेपालमा छोटो समयमै निकै रुचाइएको दिपल ईभीको खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लु वृद्धिले मात्र २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरको व्यवस्था पनि गरेको बताएको छ । साथै, बैशाख १० गतेदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउने छन् । बजारमा विद्युतीय सवारीसाधनमा कल बढ्ने हल्ला फैलिरहेको बेला दिपल ईभीलाई आकर्षक अफरहरुसहित पुरानो मूल्यमा खरिद गर्ने यो नै अन्तिम मौका हुनसक्ने कम्पनीको भनाइ छ ।
नेपालमा सार्वजनिक भएको मात्र एक वर्षमा आठसय भन्दा बढी विक्री रेकर्ड राखेर दिपल नेपालको नम्बर १ लक्जरी ईभी ब्रान्डका रुपमा आफूलाई स्थापित गरिसकेको दावी गरेको छ । हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको ईभी मोडेल छन् ।
यी ईभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फर्स्ट’ फिचरहरुको माध्यमबाट दिपलले ईभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुनःपरिभाषित गरेको छ । साथै, ग्राहकको सहजता तथा ईभी इकोसिस्टमलाई मलजल गर्न एमएब्लु वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन संचालन गर्दै आएको र यो नेपालकै सबैभन्दा ठूलो चार्जिङ सञ्जाल भएको बताइएको छ ।
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी...
पोखरा – टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ ।...
विद्युतीय सवारी (ईभी) अहिले नेपाली अटो बजारमा मेनस्ट्रिम वनिसकेकोे छ । विगत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...