दिपल ईभीमा आयो ‘छुटाउनै नमिल्ने’ प्रि–बजेट अफर : २० प्रतिशत डाउनपेमेन्ट, ८.९९ प्रतिशत ब्याजदर

काठमाडौं – नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल ईभी खरिद गर्ने ग्राहकका लागि आकर्षक अफरहरुसहितको ‘अनमिसेबल’ अर्थात छुटाउनै नमिल्ने प्रि–बजेट स्किमको घोषणा गरेको छ ।

बजेट आउनुभन्दा पहिले सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरुले भरिएको दिपल ईभीलाई आकर्षक अफरहरुसहित खरिद गर्ने यो अनुपम समय हुने कम्पनीको भनाइ छ ।

‘अनमिसेबल प्रि–बजेट अफर’ मा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ । साथै, ग्राहकले आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा पनि पाउने छन् ।

नेपालमा छोटो समयमै निकै रुचाइएको दिपल ईभीको खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लु वृद्धिले मात्र २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरको व्यवस्था पनि गरेको बताएको छ । साथै, बैशाख १० गतेदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउने छन् । बजारमा विद्युतीय सवारीसाधनमा कल बढ्ने हल्ला फैलिरहेको बेला दिपल ईभीलाई आकर्षक अफरहरुसहित पुरानो मूल्यमा खरिद गर्ने यो नै अन्तिम मौका हुनसक्ने कम्पनीको भनाइ छ ।

नेपालमा सार्वजनिक भएको मात्र एक वर्षमा आठसय भन्दा बढी विक्री रेकर्ड राखेर दिपल नेपालको नम्बर १ लक्जरी ईभी ब्रान्डका रुपमा आफूलाई स्थापित गरिसकेको दावी गरेको छ । हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको ईभी मोडेल छन् ।

यी ईभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फर्स्ट’ फिचरहरुको माध्यमबाट दिपलले ईभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुनःपरिभाषित गरेको छ । साथै, ग्राहकको सहजता तथा ईभी इकोसिस्टमलाई मलजल गर्न एमएब्लु वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन संचालन गर्दै आएको र यो नेपालकै सबैभन्दा ठूलो चार्जिङ सञ्जाल भएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

दिपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

दिपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

काठमाडौं–दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

वुलिङले सार्वजनिक ग-यो नयाँ मिनी ईभी, अपडेट भर्सन उपलब्ध हुने

वुलिङले सार्वजनिक ग-यो नयाँ मिनी ईभी, अपडेट भर्सन उपलब्ध हुने

वुलिङ होङगुआङ मिनी ईभीको नयाँ भर्सन सार्वजनिक भएको छ । क्युट सर्कुलर...

नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

इलेक्ट्रिक स्कुटरको माग तीव्र गतिमा बढेसँगै हालै भारतमा सार्वजनिक गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...