चांगानले पोखरामा सार्वजनिक ग-यो दिपल ईभी

पोखरा – नेपालका लागि चांगान गाडीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रुचाइएको दिपल ईभीलाई पोखरामा सार्वजनिक गरेको छ ।

शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल ईभीका ब्रान्ड एम्बेसडर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापाले फ्युचरिस्टिक डिजाइन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरे ।

दिपल ईभी सार्वजनिक गर्दै मन्त्री बिन्दु कुमार थापाले पोखरामा चांगानको सफलताको कामना गरे । साथै उनले चांगान र अन्य ब्रान्डहरुले विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

त्यसैगरी, दिपल ईभीका ब्रान्ड एम्बेसडर नेपाल क्रिकेट संघका सचिव समेत रहेका पारस खड्काले दिपल ईभी भ्यालु फर मनि भएको बताए । ‘यसमा यति धेरै फिचरहरु छन् कि जुन अझै पनि अन्य ब्रान्डका ईभीमा उपलब्ध छैन ।’ उनले भने, ‘म दिपलको पर्फमेन्सबाट पूर्ण रुपमा सन्तुष्ट छु । म पोखरालाई आफैं आएर दिपलको प्रविधि र फिचरको फर्स्ट ह्यान्ड अनुभव गर्न आग्रह गर्न चाहन्छु ।’

चांगान पोखराकी संस्थापक मिलन थापाले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताइन् । ‘औपचारिक रुपमा पोखरामा सार्वजनिक हुनुभन्दा पहिले नै हामीले बजारबाट निकै राम्रो प्रतिक्रिया पाउन थालिसकेका छौं,’ उनले भनिन् ।

त्यसैगरी, चांगान नेपालका मार्केटिङ हेड रमेश दनेखूले एमएडब्लु ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए । ‘चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो, जसको एकसय ६२ वर्ष लामो विरासत छ । र, नेपालमा यसलाई प्रतिनिधित्व गर्न पाउँदा एमएडब्लु गर्व गर्छ,’ उनले भने, ‘नेपालमा सार्वजनिक भएको पाँच महिनामै पाँच सयभन्दा बढी दिपल विक्री भएका छन् र उहाँहरु सबैजना यसको डिजाइन र टेक्नोलोजीका कारण सन्तुष्ट हुनुहुन्छ ।’ उनले भने ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेष्ट र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फर्स्ट टाइम फिचरहरु छन् जसका कारण यो ईभी नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ ।

एमएडब्लु वृद्धिले अर्को साता पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ जहाँ ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्ने छन्, जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने छन्। साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ हजार रुपैयाँमा खरिद गर्न सक्ने छन् भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउने छन् ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने छन् ।

सम्बन्धित समाचारहरू

नेपाली शोरुममा आइपुग्यो सिंगल चार्जमा ५ सय किमी दिने ओराको इलेक्ट्रिक कार गुड क्याट

नेपाली शोरुममा आइपुग्यो सिंगल चार्जमा ५ सय किमी दिने ओराको इलेक्ट्रिक कार गुड क्याट

काठमाडौं– चिनियाँ कम्पनी ओराको इलेक्ट्रिक कार गुड क्याट नेपाली बजारमा...

नेपाल आयो स्मार्ट–३ इलेक्ट्रिक कार, सिजी मोटर्सले बिक्री गर्ने

नेपाल आयो स्मार्ट–३ इलेक्ट्रिक कार, सिजी मोटर्सले बिक्री गर्ने

काठमाडौं–सीजी मोटर्स आधिकारिक विक्रेता रहेको अर्को नयाँ ब्रान्ड...

सिजी मोटर्सको एक्सचेन्ज क्याम्प, पुराना गाडीसँग नेटा भी साट्न सकिने

सिजी मोटर्सको एक्सचेन्ज क्याम्प, पुराना गाडीसँग नेटा भी साट्न सकिने

काठमाडौं– सिजि मोटर्सले पुराना गाडीसँग नेटा भी साट्न सकिने क्याम्पको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...