दिपलको नेपालमा १ वर्ष पुरा, ८०० बढी ईभी सडकमा

काठमाडौं– चिनियाँ अटोमोबाइल ब्रान्ड चांगन अन्तर्गतको ईभी ब्रान्ड दिपल नेपाल आएको १ वर्ष पुरा भएको छ । गत वर्षको मार्च ३१ तारिखमा औपचारिक लन्च भएयता दिपल नेपाली ईभी पारखीमाझ लोकप्रिय बनरिहेको छ । दिपलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि अटोकर्पले दिपलको पहिलो मोडल एस०७ ल्याएर बिक्री थालेको हो ।

नेपाल भित्रिएको १ वर्ष अबधिमा दिपलले ८०० बढी ईभी बिक्री गर्न सफल भएको कम्पनीको भनाई छ । यो ईभी नेपालमा छोटो अबधीमै सर्बाधिक बिक्री हुने मोडलमा गनियो भने सेग्मेन्टमा ठूलो बजार हिस्सा सहित स्थापित भयो । पछि कम्पनीले आफ्नो प्रोडक्ट लाइनअपलाई थप विस्तार गर्ने क्रममा एल०७ र ई०७ नेपाल ल्यायो ।

दिपलसंग हाल तीनवटा मोडल उपलब्ध रहेपनि सर्बाधिक लोकप्रिय मोडलका रुपमा एस०७ परिचित छ । सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री थालेको एस०७ को मूल्य केही महिनापछि ३ लाख रुपैँया बढेर ७४ लाख ९९ हजार पुगेको थियो । पछि कम्पनीले यसको लङ रेन्ज भेरिएन्ट एस०७ एल नेपाल ल्याएको थियो । मोटर र ब्याट्री दुबै बढेर आएको लङ रेन्ज भेरिएन्टलाई कम्पनीले ८४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।

कम्पनीले ल्याएको सेडान ईभी एल०७ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसैगरी, दुई भेरिएन्टमा आएको ई०७ को रियर ह्विल ड्राइभलाई ९९ लाख ९९ हजार र अल ह्विल ड्राइभलाई १ करोड ९९ लाख रुपैयाँ पर्छ ।

ठूलो साइज, फ्युचरिष्टक डिजाइन, अत्याधुनिक सुबिधा र प्रतिस्पर्धात्मक मूल्यका कारण नेपाली बजारमा दिपलका ईभी लोकप्रिय बनेका हुन् । बिक्री बढेसंगै कम्पनीले चार्जिङ पूर्बाधारको विस्तारसहित ईभी इकोसिस्टमा ध्यान केन्द्रित गर्दै लगेको छ ।

सम्बन्धित समाचारहरू

दिपल एस०७ मा ब्याट्रीदेखी फिचरसम्म अपग्रेड, ५ वर्षसम्म कुनै सञ्चालन खर्च नलाग्ने

दिपल एस०७ मा ब्याट्रीदेखी फिचरसम्म अपग्रेड, ५ वर्षसम्म कुनै सञ्चालन खर्च नलाग्ने

काठमाडौं–दिपल गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...

दिपल ईभी अव चितवनमा पनि, टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु

दिपल ईभी अव चितवनमा पनि, टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु

चितवन–चांगानको नेपालक लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...