नाडा अटो शो २०२५ मा दिपलको धमाका : ६०० भन्दा बढी ईभी बुकिङ

काठमाडौं - विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलले हालै सम्पन्न नाडा अटो शो २०२५ मा नयाँ रेकर्ड कायम गरेको छ। कम्पनीले सोही शोमा सार्वजनिक गरेको नयाँ एसयूभी दिपल एस०५ ले नेपाली अटो बजारमा उत्साह ल्याएको छ। यस गाडीको आकर्षक डिजाइन, अत्याधुनिक फिचर र प्रतिस्पर्धी मूल्यका कारण नाडा अटो शोमा ५४८ युनिटको बुकिङ भएको छ।

यो उत्साहजनक बुकिङले दिपल ब्रान्डप्रति ग्राहकको बढ्दो विश्वास र आकर्षणलाई देखाएको छ। नेपालका लागि दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पका अनुसार दिपल एस०५ ले कम्पनीको उत्पादन लाइनअपलाई थप बलियो बनाएको छ।

यस वर्षको नाडा अटो शोको मुख्य आकर्षणमध्ये एक रहेको दिपल एस०५ एक फिचर–लोडेड कम्प्याक्ट एसयूभी हो। ४८ लाख ९९ हजार रुपैयाँको आकर्षक मूल्यमा सार्वजनिक गरिएको यस गाडीको अधिकतम भेरिएन्टलाई ५८ लाख रुपैयाँसम्म पर्छ ।

यो गाडी एकपटकको फुल चार्जमा नेपाली सडकमा ४०५ किलोमिटरको प्रभावशाली रेन्ज प्रदान गर्छ। यसमा ५६.१ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ।

यसमा पार्किङ एसिस्ट, मेमोरी सिट हिटिङ र कुलिङ सुविधा भएको सिट र हेड–अप डिस्प्ले जस्ता फिचर छन् । नेपाली सडकलाई ध्यानमा राख्दै यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ। साथै, ४९२ लिटरको विशाल बुट स्पेस र १५९ लिटरको फ्रङ्क (अगाडिको डिक्की) स्पेसले यसलाई पारिवारिक यात्राका लागि निकै व्यावहारिक बनाएको छ।

दिपलको अर्को प्रिमियम एसयूभी एस०७ पनि दुई भेरिएन्टमा उपलब्ध छ। नाडा अटो शोमा यसको ६१ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ। जसको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रहेको छ भने लङ रेन्ज भेरिएन्ट ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ। नाडा अटो शोको अवसरमा कम्पनीले यसको खरिदमा ५ वर्षको ओनरसिप अफर र आकर्षक पे–ब्याक योजना पनि ल्याएको थियो।

सम्बन्धित समाचारहरू

अलिबाबा र ईबे जस्ता विदेशी अनलाइनबाट पनि अब गाडी किन्न सकिने

अलिबाबा र ईबे जस्ता विदेशी अनलाइनबाट पनि अब गाडी किन्न सकिने

हामीले विभिन्न विदेशी अनलाइनहरुमा सवारी साधन बुकिङ गर्न र किन्न सकिन्छ...

चिनियाँ एयर ट्याक्सीले ३४ देशको सामु पहिलो उडान भर्दै, हवाई यात्रा सहज बनाउने संकेत

चिनियाँ एयर ट्याक्सीले ३४ देशको सामु पहिलो उडान भर्दै, हवाई यात्रा सहज बनाउने संकेत

हवाई यात्रालाई थप सजिलो बनाउन विश्वभर एयर ट्याक्सीको विकास भइरहेको छ।...

आइमा इलेक्ट्रिक स्कुटरमा २५ हजार सम्म छुट, यस्तो हुनेछ अबको मूल्य

आइमा इलेक्ट्रिक स्कुटरमा २५ हजार सम्म छुट, यस्तो हुनेछ अबको मूल्य

काठमाडौं – नेपाली बजारमा आइमा इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...