लन्च भयो लोभ लाग्दो प्रविधियुक्त दिपल एस०५, यस्ता छन् आकर्षक विशेषता

चांगान दिपल एस०५ चीनमा औपचारिक रुपमा लन्च भएको छ । दिपल एस०५ को ईभी र ईआरईभी भेरिएन्टमा उपलब्ध हुनेछ । यसको डेलिभरी पनि छिट्टै शुरु हुने अपेक्षा गरिएको छ । चीनमा सो दिपल ईभीको मूल्य १६ हजार ९ सय देखि २० हजार ५ सय डलर सम्म तोकिएको छ । यो अपेक्षाकृत कम मूल्य हो ।

एक कार्यक्रमका बिच दिपलले आफ्नो तीन लाखौ गाडी समेत डेलिभरी गरेको छ । दिपल ब्रान्ड सन् २०२२ अप्रिलमा लन्च भएको थियो ।

दिपल एस०५ सो ब्रान्डको ‘इन्टरस्टेलर फ्लाइङ विङ’ डिजाइनमा र पाँच पेन्ट कलरमा उपलब्ध छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४६२०, १९०० र १६०० एमएम छ भने ह्विलबेस २८८० एमएम छ ।

कारमा प्रयोग गरिएको दिपल फोरके इन्टेलिजेन्ट क्यामेरामा ६४जी स्टोरेज स्पेस उपलब्ध छ र यसमा २१ हजार फोटोहरु वा १२ घण्टाको भिडियो स्टोर गर्न सकिन्छ । त्यसैगरी यसमा भएको हुवावे एक्सपिक्सेलको सहयोगले चल्ने १.३ मिलियन पिक्सेलको इन्टेलिजेन्ट हेडलाइटले १२० इनचको स्क्रिन प्रोजेक्सन गर्न सक्छ ।

यसमा भएको प्रविधि पनि लोभ लाग्दो छ । यसमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ कन्ट्रोल र इन्टेलिजेन्ट पार्किङ असिस्ट जस्ता एड्भान्स्ड ड्राइभिङ असिस्टेन्स फङसनको अनुभवका लागि पाँच वटा हाई डेफिनेसन क्यामेरा, पाँच एमएमका वेभ राडार र १२ अल्ट्रासोनिक राडार रहेका छन् । यसमा हाई स्ट्रेन्थ स्टिल आल्मुनियम बडी र ६ एयरब्याग रहेका छन् ।

यसको ईभी भेरिएन्टमा १७५ किलोवाट र ३२० एनएम रियर इलेक्ट्रिक मोटर रहेको छ, जसमा ५६.१२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ । यसले सीएलटीसी रेन्ज ५१० किलोमिटर दिन्छ । सो ब्याट्री ३० देखि ८० प्रतिशत चार्ज हुन १५ मिनेट मात्र लाग्छ ।

यसको इन्टेरियरमा १५.४ इन्चको २.५के सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको छ । यसको स्टेयरिङ ह्विल ‘डी’ आकारको छ । यसमा दिपल ओएस ३.० प्रयोग गरिएको छ ।

नेपाली बजारमा हाल एमएडब्लु वृद्धिले दिपल एल०७ र एस०७ को बिक्री–वितरण गरिरहेको छ । आगामी दिनमा एस०५ पनि नेपाली बजारमा आउने सहजै अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटाले सञ्चालनमा ल्यायो ‘ईभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्र, भ्रमण कार्यक्रम सम्पन्न

टाटाले सञ्चालनमा ल्यायो ‘ईभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्र, भ्रमण कार्यक्रम सम्पन्न

कठमाडौं – टाटा मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

प्रधानमन्त्री र मन्त्रीहरुको व्यक्तिगत सवारी साधन के छ ? सम्पत्ति विवरणले देखायो यस्तो तथ्य

प्रधानमन्त्री र मन्त्रीहरुको व्यक्तिगत सवारी साधन के छ ? सम्पत्ति विवरणले देखायो यस्तो तथ्य

काठमाडौं – प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक...

अटो एक्स्पोमा एमजी५ इलेक्ट्रिक कार सार्वजनिक हुँदैै, यस्तो छ रेन्ज र फिचर

अटो एक्स्पोमा एमजी५ इलेक्ट्रिक कार सार्वजनिक हुँदैै, यस्तो छ रेन्ज र फिचर

एमजी मोटरले अटो एक्सपो २०२३ मा आफ्ना २ वटा इलेक्ट्रिक कार सार्वजनिक गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...