जिली ईएक्स ५ सहित जेवाई एयर ईभी पनि नाडा अटो शो २०२५ मा सार्वजनिक, थुप्रै छुट र अफर
काठमाडौं – चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरु आज देखि...
चांगान अटोमोबाइलले बेलायतमा आफ्नो न्यु इनर्जी भेइकल ब्रान्ड दिपल सार्वजनिक गर्ने भएको छ । पहिलो चरणमा चांगानले दिपल एस०७ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दैछ ।
चिनियाँ सरकारको स्वामित्वमा रहेको चांगानले गतवर्ष विश्वभर २६ लाख कार विक्री गरेको थियो । विश्वभर विस्तारको रणनीति रहेको चांगानले गत महिना युरोपेली अपरेसनका लागि स्पेनको म्युनिखमा मुख्यालय स्थापना गरेको थियो ।
चांगानले विगत लामो समयदेखि बेलायतको बर्गिमघममा शोध तथा विकास केन्द्र संचालन गर्दै आएको छ भने अब सेप्टेम्बरबाट यहाँ बिक्री पनि सुरु गर्ने जनाएको छ ।
निसान जीबीका नेटवर्क डेभलपमेन्ट म्यानेजर ग्रान्ट रिचार्ड गएको अप्रिलमा चांगान युके टिममा बिक्री निर्देशकका रुपमा आबद्ध भएका थिए । यसअघि निसान जीबीका पूर्व कर्मचारी निक थोमसले युरोपको सेल्स एन्ड सर्भिसको मार्केटिङका रुपमा आबद्ध भएका थिए ।
चांगानले ‘अत्याधुनिक चिनियाँ प्रविधियुक्त युरोपियन डिजाइन र सोफिस्टिकेसन’ भएको ईभी बेलायतमा पनि सार्वजनिक गर्ने योजना घोषणा गरेको हो । सबैभन्दा पहिले चांगानले टेस्ला मोडल वाईको प्रतिस्पर्धी दिपल एस०७ सार्वजनिक गरिनेछ । इटालीको टुरिनमा डिजाइन भएको एसयूभीले आफ्नो ८० किलोवाट आवरको ब्याट्रीबाट ४८० किलोमिटर रेन्ज दिनेछ । बेलायतमा दिपल एस०७ को मूल्य ५३ हजार डलरबाट सुरु हुनेछ । राइट ह्यान्ड ड्राइभ एस०७ को टेस्ट ड्राइभ मध्य जुलाईबाट सुरु हुनेछ भने विक्री सेप्टेम्बरबाट हुनेछ ।
दिपलको सानो एसयूभी एस०५ पनि केही समयमै लाइनअपमा समावेश हुनेछ जुनपूर्ण रुपमा इलेक्ट्रिक वा प्लगइन हाइब्रिड मोडल हुनेछ ।
काठमाडौं – चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरु आज देखि...
चिनियाँ अटो निर्माता जिकरले ४ लाख युनिट ईभी उत्पादनको माइलस्टोन हाँसिल...
महिन्द्रा एन्ड महिन्द्रा कम्पीले भारतमा पहिलो इलेक्ट्रिक एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...