सडक सुरक्षाको लागि राजनीतिक पार्टी तथा सरकारलाई सुझाव दिइने

काठमाडौं – आम निर्वाचनको संघारमा नेपलका सडक यातायातको क्षेत्रलाई सुरक्षित र व्यवस्थित पार्न राजनीतिक पार्टीलाई सुझाव दिने निर्णय भएको छ । दिगो सडक र सुरक्षित सवारीको क्षेत्रमा विगत एक दशक देखि क्रियाशील नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी नेपालको कार्यसमूहको काठमाडौँमा सम्पन्न वैठकले सो निर्णय गरेको हो ।

नेपालका सडक यातायात, स्वास्थ्य, साइक्लिङ्ग तथा पैदलयात्रु, सडक दुर्घटना पीडित, मिडिया, उपभोक्ता अधिकारको क्षेत्रमा क्रियशील २ दर्जन भन्दा ज्यादा संघ/संस्थाको खुल्ला नेटवर्कको रुपमा यस एलायन्स ७ वर्ष अगाडि स्थापना भएको हो । पेशागत संगठनहरु, व्यावसायिक संघ संस्था, एकेडेमिक र रिसर्च तथा विश्वविद्यालय, च्यारिटेबल अर्गनाइजेसन, गैर–सरकारी संस्थाहरु, तथा सेफर मोबिलिटी फर अलको एजेण्डामा रुचि राख्नेहरुको साझा संस्था यस एलायन्सले आफ्नो अगामी कार्यक्रमको अनुमोदनको लागि यस बैठक आयोजना गरेको हो ।

सुरक्षित यात्राको अधिकार ः मेरो मानव अधिकार “भयरहित यात्राको अधिकार” “दिगो विकासका लागि सुरक्षित सडक र यातायात, दुर्घटना पीडितका लागि राज्य र समुदाय , रोड सेफ्टी काउन्सिल, सुरक्षित, व्यवस्थित र सवैको पहँुचको सार्वजनिक यातायातका साथै पैदलयात्रु साइकल र ह्विलचियर युजर्सको लागि विशेष व्यवस्थाको लागि यस एलायन्सले आफुलाई सक्रिय बनाइरहेको छ ।

संयुक्त राष्ट्र संघले सन् २०२१–३० लाई सडक सुरक्षा दशकको रुपमा मनाउँदै सन् २०३० सम्म हालको सवारी दुर्घटनाबाट आकल मृत्युको संख्या आधा घटाउने लक्ष्य लिएको सन्दर्भमा नेपाल सरकारले जारी गर्न लागेको नेसनल एक्सन प्लानमा सुझाव दिने र प्रादेशिक एक्सन प्लानको लागि सुझाव दिने कार्यको लागि वैठक आयोजना गरिएको छ ।

प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको संयोजकत्वमा रहेको यस एलाएन्समा माननीय रंगमती शाही तथा गणेश पहाडी लगायतका सदस्यहरु रहेका छन् । नासा फाउन्डेसन नेपाल यस एलायन्सको सचिवालयको रुपमा रहेको छ ।

सम्बन्धित समाचारहरू

नासा नेपालको उपाध्यक्षमा गजुरेल र शाह चयन

नासा नेपालको उपाध्यक्षमा गजुरेल र शाह चयन

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को केन्द्रीय...

चार नेपाली महिला राइडरद्वारा लोमान्थाङ सम्मको यात्रा सम्पन्न

चार नेपाली महिला राइडरद्वारा लोमान्थाङ सम्मको यात्रा सम्पन्न

काठमाडौं – चार जना महिला राइडरहरुको समूहले पोखरा देखि लोमान्थाङ सम्मको...

दशैंमा रेसिङ मुड : ताइवानको सर्किटमा बाइक कुदाउने तयारीमा श्रीहरी

दशैंमा रेसिङ मुड : ताइवानको सर्किटमा बाइक कुदाउने तयारीमा श्रीहरी

देश दशैं मुडमा छ । नेपालीहरुको महान चाड मानिने दशैंको समयमा सबै आफ्नो काम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...