शुक्रबार र शनिबार टाटाको ‘डिसेम्बर ब्लेजिङ फेस्ट’, गाडी एक्सचेन्ज गर्नेलाई विभिन्न अफर

काठमाडौं – टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भोलि शुक्रबार र पर्सि शनिबार ‘डिसेम्बर ब्लेजिङ फेस्ट’ नामक एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।

टाटाको थापाथलीस्थित सोरुममा हुने उक्त डिसेम्बर ब्लेजिङ फेस्टमा गाडी किन्ने ग्राहकलाई आकर्षक नगद छुट, ५० हजार रुपैयाँ सम्मको एक्सचेन्ज बोनस, १ वर्षको सडक कर छुट र रिफ्रेसमेन्ट लगायतका विभिन्न छुटहरु उपलब्ध हुने छन् । प्रत्येक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने बताइएको छ ।

सिप्रदीले ग्राहकहरुलाई आकर्षण गर्नका लागि यस्ता कार्यक्रम समय समयमा आयोजना गर्दै आएको छ । नेपाली बजारमा टाटाका टियागो, टिगोर, नेक्सन, एचफाइभ, एनआरजी लगायतका गाडी उपलब्ध छन् ।

पछिल्लो पटक टाटा अल्ट्रोज समेत नेपाली बजारमा उपलब्ध भएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...