चिनियाँ बजारमा बीवाईडीको दवदवा, पछि परे धेरै ब्रान्ड
यो वर्षको अप्रिल महिनामा चीनमा बिक्री भएका न्यु इनर्जी भेइकलमा बीवाईडीले...
काठमाडौं – नेपाली बजारमा सीजी मोटर्सले अर्को नयाँ ब्रान्डको ईभी भित्र्याएको छ । सीजी मोटर्सले दायुन युइहु सब–कम्प्याक्ट एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको हो ।
दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सीजी मोटर्सले जनाएको छ। दायुन युइहुमा ३५ किलोवाटको मोटर रहेको छ जसले १०५ एनएमको टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ। उक्त ब्याट्रीले ३०० किलोमिटर रेन्ज प्रदान गर्दछ भने २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डीसी चार्जरमार्फत ५० मिनेट भन्दा कम लाग्दछ।
दायुन युइहुको मोटर र ब्याट्रीमा उत्कृष्ट ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी पाउन सकिन्छ भने यसको च्यासिसमा कम्पनीले ५ वर्ष वा १ लाख २० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ।
दायुन युइहु सब–कम्प्याक्ट एसयूभीमा उत्कृष्ट २०१ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। सो गाडीमा ७ इन्चको इन्सट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री, टायर प्रेसर मोनिटरिङ सिस्टम, एयरब्याग, एबीएस, ईबीडी, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वान टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर उक्त गाडीमा समावेश गरिएको छ।
नेपाली बजारमा इलेक्ट्रिक भेइकलको बढ्दो मागलाई ध्यानमा राखी सीजी मोटर्सले नेपालका बिभिन्न स्थानमा २ सय भन्दा धेरै चार्जिङ स्टेशनहरु स्थापना गरिसकेको छ र यो संख्या अझै बढ्दो क्रममा रहेको बताएको छ।
दायुन युइहु सब–कम्प्याक्ट एसयूभीमा जीबीटी प्रणालीको चार्जिङ प्वाइन्ट रहेको हुनाले सीजी मोटर्सले सञ्चालनमा ल्याइसकेका चार्जिङ स्टेशनहरु मार्फत नेपालभर ढुक्कसँग यात्रा गर्न सकिने बताएको छ। दायुन युइहु सब–कम्प्याक्ट एसयूभीको मुल्य ३१ लाख रुपैयाँ रहेको छ ।
चीनको उत्कृष्ट अटोमोबाइल निर्माता, दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन उत्पादन गर्दै आएको छ । चीनमा दायुन ग्रुप निकै रुचाइएको पनि छ। बिक्री बितरण सुरु गरेको दायुन ग्रुपले सन् २००४ मा कमर्सियल भेइकल सेगमेन्टमा सेवा विस्तार गरेको थियो भने सन् २०१७ बाट आधिकारिक रूपमा न्यु इनर्जी प्यासेन्जर भेइकल सेगमेन्टमा पनि प्रवेश गरेको पाइन्छ।
६ वटा उत्पादन केन्द्रहरू बाट वार्षिक १ लाख ८७ हजार गाडी उत्पादन गर्ने दायुन ग्रुपले चिनियाँ बजारमा व्यापक सफलता हासिल गरेको छ। दायुन ग्रुपको उक्त सफलता र अटोमोबाइल सेक्टरमा ३ दशकभन्दा बढीको अनुभवलाई मध्यनजर गर्दै सीजी मोटर्सले दायुन युइहु सब–कम्प्याक्ट एसयूभी नेपाली बजारमा भित्र्याएको बताएको छ ।
यो वर्षको अप्रिल महिनामा चीनमा बिक्री भएका न्यु इनर्जी भेइकलमा बीवाईडीले...
काठमाडौं – नेपाली ग्राहकले १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ को...
काठमाडौं – नेपाली बजारमा टाटाका कार बिक्री–वितरण गरिरहेको सिप्रदी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...