दायुन ईभीका वारेमा चिनियाँ कम्पनीको स्पष्टिकरण, नेपाली बजारलाई थप सहयोगको प्रतिबद्धता (चिठीसहित)

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी दायुनका वारेमा केही समय पहिले चिनियाँ मिडियाहरुमा आएका नकारात्मक आरोप र समाचारहरु पूर्ण सत्य नरहेको भन्दै कम्पनीले जानकारी सार्वजनिक गरेको छ ।

चिनियाँ सरकारको बलियो समर्थन र लगानीका साथ पुनःसंरचनासँगै कम्पनीले जनवरी २०२५ मा उत्पादन पुनः सुरु गने योजना बनाएको बताएको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई दायुन युइहु उत्पादन, सर्भिस र पार्ट्स सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, र नेपाली बजारमा समेत थप विकास र सेवा प्रदान गर्न मिलेर काम गर्ने योजना बनाएको छ ।

नेपालको सन्दर्भमा विना कुनै आधिकारिक जानकारी केही मिडियाहरुमा दायुन अटोमोटिभका वारेमा गलत रिपोर्टहरु प्रकाशित भएका र यसले कम्पनीको वर्तमान अवस्थाबारे गलत जानकारी प्रवाह भएको कम्पनीको भनाइ छ । भनिएको छ, ‘यी रिपोर्टहरू भ्रामक छन् र कम्पनीको वास्तविक स्थिति प्रतिविम्बित गर्दैन ।’ दायुनले यसलाई असत्य भनेको छ र जनतालाई सही जानकारीका लागि प्रमाणित स्रोतहरुमा निर्भर हुन आग्रह गरेको छ। कम्पनीले आफ्ना उत्पादनहरुमा पूर्ण प्रतिबद्ध भएको र नेपाली बजारमा सकारात्मक योगदान दिने जानकारी तदएको छ ।

दायुन समूह, चीनको इलेक्ट्रिक गाडी (ईभी) उद्योगको एक प्रतिष्ठित कम्पनी हो, जसको उत्पादन पोर्टफोलियोमा हेभी ट्रक, हलुका ट्रक, कार मोटरसाइकल र इन्जिनहरू समावेश छन् । दायुन समूहले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा एक बलियो प्रतिष्ठा बनाएको छ । २००४ मा कमर्सियल भेइकल क्षेत्रमा सफल प्रवेश पछि र २०१७ मा नयाँ प्रिमियम गाडी बजारमा सामेल भएपछि दायुनले विश्वव्यापी अटोमोटिभ बजारमा आफ्नो स्थानलाई मजबुत बनाएको छ । ६ वटा उत्पादन केन्द्र र १८ लाख ७० हजार गाडीहरूको वार्षिक उत्पादनसँगै दायुनको तीन दशक लामो अनुभवले यसको सफलता कायम राख्न सहयोग पु¥याएको छ ।

नेपाली बजारमा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले पहिलो पटक केही समय पहिले दायुन युइहु सब–कम्प्याक्ट एसयूभी भित्र्याएको छ । यसको मूल्य ३१ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचारहरू

प्रत्येक २३ सेकेन्डमा एउटा चेरी कार निर्यात, २३ वर्षसम्म निर्यातमा अग्रणी

प्रत्येक २३ सेकेन्डमा एउटा चेरी कार निर्यात, २३ वर्षसम्म निर्यातमा अग्रणी

चीनको अग्रणी कार निर्माता चेरीले २०२५ मा बिक्री गरेको कुल कारको तथ्यांक...

चीनमा गत वर्ष ३ करोड इलेक्ट्रिक कार बिक्री, ४९ लाख निर्यात

चीनमा गत वर्ष ३ करोड इलेक्ट्रिक कार बिक्री, ४९ लाख निर्यात

चिनियाँ अटोमोबाइल उद्योग संघले सन् २०२३ मा चीनमा सवारी साधनको उत्पादन र...

चालक बिना चल्न सक्ने पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुनेछ ओला सोलो

चालक बिना चल्न सक्ने पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुनेछ ओला सोलो

ओला इलेक्ट्रिकले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘ओला सोलो’ सार्वजनिक गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...