सफा टेम्पोमा नयाँ प्रविधिको ब्याट्री प्रयोग गरिने, परीक्षणका लागि तयार
काठमाडौं – नेपाल इलेक्ट्रिक भेइकल इन्डष्ट्रि रिसर्च एन्ड इनोभेसन प्रालि...
नेपालीहरुको महान चाड दशै प्रारम्भ भएको छ । फेस्टिभ सिजनको समयमा विभिन्न अटोमोबाइल कम्पनीहरुले आफ्ना सवारी साधन बिक्रीका लागि ग्राहकलाई आकर्षित गर्न विभिन्न अफर र छुटको व्यवस्था गरेका हुन्छन् । यो वर्ष पनि विभिन्न कम्पनीहरुले यस्ता छुट र अफर ल्याएका छन् ।
दशैको समयमा पाइने यस्ता छुट र अफरका कारण गाडी किन्ने ग्राहकलाई अवश्य पनि केही फाइदा हुन्छ । त्यसैगरी विक्रेताहरुले पनि आफ्ना सवारी साधन बिक्री गर्ने उपयुक्त अवसरको रुपमा यसलाई लिएका हुन्छन् ।
यद्यपि यो अवस्थामा सवारी साधनको गुणस्तर र अन्य पक्षका वारेमा भने जानकारी लिनु आवश्यक हुन्छ । तर कुन गाडी किन्दा बढी छुट र अफरको फाइदा पाइन्छ भन्ने वारेमा जान्नु पनि महत्वपूर्ण हुन्छ ।
कुन गाडी किन्दा के अफर र छुट उपलब्ध छ त ? जानकारी लिदा राम्रो हुन्छ ।
नेटा ईभी किन्दा १ लाख सम्म छुट र जोडीका लागि बाली जाने निःशुल्क यात्रा उपहार
नेपालका लागि नेटा ईभीको आधिकारिक वितरक सीजी मोटर्सले दशैंको अवसरमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्न चाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुने कम्पनीको भनाइ छ।
नेटा भी किन्दा ग्राहकहरूले ५० हजार रुपैयाँ सम्मको निश्चित नगद छुट पाउनेछन्, जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ। साथै, आफ्नो पुरानो गाडी साटेर नयाँ नेटा भी किन्न चाहनेहरूका लागि थप ५० हजार सम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको छ। यति मात्र होइन, नेटा भी खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउनेछन्। यस अफरले गाडी खरिदको आनन्दलाई झनै रमाइलो बनाउनेछ। यसका साथै नेटा एक्स खरिद गर्दा एक लाख रुपैयाँ सम्मको नगद छुट पाउन सकिने छ ।
ब्रम्बी ईभी किन्दा एक वर्षको ब्याज नै नलाग्ने
नेपाली बजारमा सबैभन्दा कम मूल्यको ईभी मध्ये एक मानिने बीएडब्लु ब्रम्बी ईभी किन्दा एक वर्षको ब्याज नै नलाग्ने भएको छ । नेपालका लागि बीएडब्लुको आधिकारिक वितरक एलआरआर मोटर्सले सो अफर सो अफर ल्याएको हो ।
एलआरआर मोटर्सले शून्य प्रतिशत ब्याजदरमा सो अफर ल्याएको सार्वजनिक गरेको छ । यस अनुसार पहिलो वर्ष कुनै ब्याज नै तिर्नु पर्दैन । ‘पहिलो वर्षको ब्याज नै कम्पनीले तिरिदिने छ । धेरैलाई चासो हुने विषय भएकाले हामीले यो अफर ल्याएको हौ ।’ एलआरआर मोटर्स स्रोतले भन्यो ।

सिट्रोन सी३ र ईसी३ मा फेस्टिभ अफर
सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३ मा फेस्टिभ अफर ल्याएको छ । चाडपर्बको सिजन नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकलाई अझ सन्तोषजनक र आरामदायी अनुभव प्रदान गर्न नयाँ स्किम ल्याएको हो ।
पेट्रल कार सी३ खरिद गर्ने ग्राहककले चार वर्षका लागि निःशुल्क पेट्रोल, ४ वर्षकै लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लाग निःशुल्क बिमा र १ वर्षका लागि निःशुल्क सडक करको सुबिधा पाउनेछन् । यो कार खरिदमा ग्राहकले ७ लाख ४० हजार डाउनपमेन्ट गरे पुग्छ ।
यसैगरी, विद्युतिय कार ईसी३ साइनको खरिदमा विशेष नगद छुट, निःशुल्क बिमा र १ वर्षका लागि निःशुल्क सडक कर लगायत सुविधा दिइएको छ । कम्पनीले यसलाई प्रि–बजेट मूल्य ३५ लाख ९९ हजारमा बिक्री गर्ने जनाएको छ ।
निसान फेस्टिभ डिल, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट
नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसान म्यागनाइट, निसान किक्स, निसान नभारा, निसान लिफ र निसान एक्स–ट्रेल लगायतका सबै निसान गाडीहरुमा लागु हुनेछ ।

‘निसान फेस्टिभ डिल’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउने छन्, जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा, निःशुल्क ३ बर्षको सडक कर, निःशुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टी र १५ लाख रुपैयाँ सम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ ।
२ लाख सस्तोमा बिङ्गो कार किन्न पाइने
वुलिङ ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले बिङ्गो ईभीमा २ लाख छुट दिएर अफर सार्वजनिक गरेको छ ।
यसअघि ३१ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको कारलाई अव ग्राहकले २९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् । पारामाउन्ट मोटर्सले यसअघि एमजी जेडएस ईभीमा समेत एकैपटक ६ लाख रुपैयाँ घटाएर गाडी बिक्री गर्ने योजना ल्याएको थियो ।
सुजुकी ’पर्वोत्सव’ २०८१ योजना, ईभीमा जस्तै नयाँ स्विफ्टमा ५ वर्षको लागि शून्य खर्च
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले ४ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एसेसरिज पाउन सक्ने छन् ।
नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्टमा इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शून्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ खर्चको बोझ बिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।
विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसमा यो ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित भएको कम्पनीको भनाइ छ । यसबाट ग्राहकहरूले फाइदाजनक र झन्झटरहित तवरले शून्य रनिङ खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्ने कम्पनीले अपेक्षा गरेको छ ।
होन्डा कार किन्दा ५ लाखसम्म नगद छुट, २० प्रतिशत डाउन पेमेन्टको सुबिधा
होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा कार दशैं उपहार, अफरमाथि अफर’ नामक आकर्षक उपहार योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले होन्डा कारको खरिदमा ५ लाखसम्मको नगद छुट र २ वर्षका लागि गाडीको इन्स्योरेन्स तथा ट्याक्स निःशुल्क पाउनेछन् ।
साथै, पाँच वर्षसम्म गाडीको सर्भिसिङ सुबिधा पनि निःशुल्क पाइने कम्पनीले जनाएको छ । ग्राहकलाई सरल फाइनान्सको सुबिधा दिनका लागि कम्पनीले आकर्षक ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै गाडी खरिद गर्न सकिने व्यवस्था मिलाएको छ ।
यसका साथै निशुल्क एसेसरिज र स्पट एक्सचेन्जको पनि सुबिधा उपलब्ध हुने जनाइएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई रोड साइड एसिस्टेन्सको साथै २ वर्ष अर्थात १ लाख किलोमिटरसम्मको वारेन्टी सेवा समेत प्रदान गर्नेछ ।
हुन्डाई कार किन्दा उपहारमा भेन्यू एसयूभी, ११ लाखसम्म नगद छुट
हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार लक्षित अफर ‘फेष्टिभ डिलाइट २०८१’ सार्वजनिक गरेको छ ।

दशैं र तिहारलाई विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा झै यसपटक पनि गाडीका साथै अन्य आकर्षक उपहार दिने भएको छ । यसवर्षको फेस्टिभल सिजनमा हुन्डाई गाडी खरिद गर्ने एक जना भाग्यशालीे बिजेताले लक्की ड्रमार्फत नेपालमा बनेको भेन्यू एसयूभी प्राप्त गर्ने कम्पनीले जनाएको छ । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।
हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा १० लाख सम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिनेछ ।
दिपल, सेरेस र नामी बजेट अघिकै मूल्यमा उपलब्ध
दिपल, सेरेस र नामी ईभीको वितरक एमएडब्लु वृद्धिले काठमाडौं र पोखरा लगायत विभिन्न स्थानमा सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गरेको छ, जहाँ ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो शो २०२४ मा जारी गरेको विशेष अफर उपयोग गर्न पाए । यस अन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने व्यवस्था थियो । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सकिने अवस्था थियो भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाइने छ । यो सुविधा अहिले पनि उपलब्ध छ ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सकिने छ ।
टाटा टियागो ईभी साट्न सकिने
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले साउनमै दसैँ अफर ल्याएको थियो । अफरअनुसार जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभी साट्न सकिने व्यवस्था थियो ।
ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा एक्सचेञ्ज कार्यक्रम आयोजना गरेको थियो ।
त्यसैगरी सिप्रदी ट्रेडिङले दशैंमा टियागो ईभी चढेर, रमाऔं थाइल्यान्डमा घुमेर नामक अफर नै ल्याएको छ । यस अनुसार टियागो ईभी किन्ने ग्राहकको एक जोडीले थाइल्यान्ड भ्रमणको अवसर पाउने छन् ।
त्यसैगरी नेक्सन गाडी किन्नेका लागि युराेप भ्रमण अफर छ भने पन्च ईभी सुरुवाती मूल्य ३३ लाख ९९ हजारमै उपलब्ध छ ।
यस कार्यक्रममा निःशुल्क रुपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ्ग, १ वर्षको सवारी कर, एसेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरु प्राप्त गर्न सकिने जनाइएको छ ।

बीवाईडीको बडा चाड अफर
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बडा चाड अफर उपलब्ध गराएको छ । यस अनुसार बीवाईडी एट्टो ३ र डल्फिन ईभी किन्ने ग्राहकले एक वर्षको इन्स्योरेन्स, भेइकल टु लोड (भीटुएल) र २.३ किलोवाटको ट्राभल चार्जर पाउने छन् ।
बीवाईडीका ईभी हाल विश्वमै लोकप्रिय बन्दै गएका छन् । यस मध्ये हाल नेपाली बजारमा उपलब्ध बीवाईडी एट्टो ३ र डल्फिन ईभी समेत लोकप्रिय छन् ।
काठमाडौं – नेपाल इलेक्ट्रिक भेइकल इन्डष्ट्रि रिसर्च एन्ड इनोभेसन प्रालि...
काठमाडौं – मलेसियाली अटो ब्रान्ड प्रोटोनले हालै नेपाल ल्याएको नयाँ...
लामो प्रतीक्षापछि मारुती सुजुकीले अन्ततः भारतीय बजारमा अल्टो के१० लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...