दशैको अग्रिम टिकट बुकिङ वारे आज निर्णय हुने

काठमाडौं – दशै नजिकिदै गर्दा राजधानीबाट वाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ कहिले खोल्ने भन्ने वारेमा आज छलफल हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायत सरोकारवालाबीच बैठक बस्न लागेकाे हाे।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार हालको वर्षा, शान्ति सुरक्षा अवस्था र जेनजी आन्दोलनपछिको स्थिति विश्लेषण गरेर निर्णय गरिनेछ। उनका अनुसार जेनजी युवाको प्रदर्शनको क्रममा भएको हिंसा, तोडफोड, आगजनी र लुटपाटपछि लागेको कर्फ्यु हट्दै गए पनि शान्ति सुरक्षाको अवस्थामा यातायात व्यवसायीमा अझै संशय बाँकी नै छ । यदि सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीहरु तयार छन् ।

सिटौलाले भने, ‘यदि सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भयो भने व्यवसायीहरू अग्रिम टिकट बुकिङ खुलाउन तयार छन्।’

यस वर्ष दशैंको टीका असोज १६ गते परेको छ।

सम्बन्धित समाचारहरू

ट्राफिक प्रहरीद्वारा ‘राडर गन’ प्रयोग, दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा

ट्राफिक प्रहरीद्वारा ‘राडर गन’ प्रयोग, दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा

काठमाडौं । एयरपोर्ट–तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरुलाई...

ट्राफिक प्रहरीले ग-यो हराएका २६ सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

ट्राफिक प्रहरीले ग-यो हराएका २६ सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – विभिन्न मितिमा हराएका २६ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी...

असाेज १ देखि इम्बोस्ड नम्बर अनिवार्य, राइड सेयरिङ बारे एकरुपता कायम गरिने

असाेज १ देखि इम्बोस्ड नम्बर अनिवार्य, राइड सेयरिङ बारे एकरुपता कायम गरिने

काठमाडौं – सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...