रेनोको सबैभन्दा सानो ईभी सार्वजनिक, २६३ किमी रेन्जको स्टाइलिस ईभी सहरका लागि उपयुक्त
फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले न्यु जेनेरेसन ट्विङगो इलेक्ट्रिक...
गत साल भन्दा पहिले सम्म इलेक्ट्रिक गाडीमा १० प्रतिशत मात्र भन्सार शुल्क रहेको थियो । त्यसपछि आर्थिक वर्ष २०७७/७८ को बजेटमा यति धेरै अन्तःशुल्क र भन्सार दर बढाइयो कि इलेक्ट्रिक सवारी साधनको आयात नै ठप्प हुन पुग्यो । रोचक कुरा के छ भने उही पार्टीको सरकार भएको अवस्थामा फेरि अहिले आएर अन्तःशुल्क र भन्सार दर घटाइएको छ ।
व्यवसायी र ग्राहक सबैका लागि यसरी कर घट्नु राम्रो हो । नाडाले यसलाई स्वागत पनि गरेको छ । यसरी व्यवसायीमैत्री वातावरण बन्नु राम्रो हो । नाडाको माग पनि यही थियो । तर यसरी सरकारी नीति परिवर्तन भइरहदा हामीले कसरी व्यवसाय गर्ने भन्ने वारेमा सोच्नु आवश्यक छ ।
कतिपय व्यवसायीहरुले आयात गरेका थुप्रै गाडीहरु सोरुममा हुन सक्छन् । अहिले अब ती गाडी बेच्नु पर्ने अवस्था छ । घटाउनु हुँदैन भनेको होइन । त्यो भन्दा अगाडि बढाउदा नै सोच्नु पर्ने थियो भन्ने हो ।
हाल संसारमै सबैभन्दा महंगो गाडी चढ्ने उपभोक्ता भनेका नेपाली हुन् । एउटा नेपाली ग्राहकले अमेरिकी र भारतीयले भन्दा करिव पाँच छ गुणा बढी मूल्य तिरेका हुन्छन् । चाइनिजको त झन् हिसाब गर्ने हो भने धेरै नै आउँछ । सरकारले यसबाट कर उठाउँछ, तर यसवापत अरु कुनै सुविधा दिदैन । यो कुरामा पनि सरकारले ध्यान दिनु आवश्यक छ ।
इलेक्ट्रिक गाडीको क्षेत्रमा भने अब केही सम्भावना देखिएको छ । सरकारले कर घटाए पछि यसको प्रयोग बढ्ने अनुमान गर्न सकिन्छ । आगामी दिनमा यसरी वाहिरबाट आयात गर्नु भन्दा नेपालमै पनि एसेम्बल गर्न सकिने वातावरण सरकारले बनाउनु आवश्यक छ । सरकारले बजेटमार्फत ठूला कम्पनीहरुलाई आकर्षित गर्नका लागि वातावरण बनाउने घोषणा त गरेको छ, तर नेपालमै एसेम्बल गर्ने कुरालाई पनि जोड दिनु आवश्यक छ ।
हालको अवस्थामा जस्तोसुकै उत्पादन पनि नेपालमा आयात गर्ने परिपाटी पनि छ । जुनसुकै खालको सवारी साधन भित्र्याउदा नेपाल यस्ता कमसल सवारी साधनको डम्पिङ साइट बन्ने खतरा पनि छ । यसका लागि एउटा नियामक निकाय बनाएर गुणस्तरीय सवारी साधन मात्र भित्र्याउने वातावरण बनाउनु आवश्यक छ । यसो भयो भने नेपालमा इलेक्ट्रिक सवारी साधनको भविष्य राम्रो छ ।
हाल प्रचलित डिजेल पेट्रोल गाडीको तुलनामा इलेक्ट्रिक गाडी कैयौं गुणा वातावरणमैत्री भए पनि यो पूर्णतः वातावरणमैत्री भने मान्न सकिदैन । खासगरी विद्युतीय सवारी साधन प्रशस्तै प्रयोग हुन थाले र पछि यसको ब्याट्री फेर्नु पर्ने अवस्था आयो भने यस्ता ब्याट्रीहरुले वातावरणमा असर पु¥याउन सक्छन् ।
आगामी दिनमा इलेक्ट्रिक गाडी भन्दा नयाँ प्रविधि हाइड्रोजन गाडी पनि नेपाली बजारमा भित्रिन सक्छन् । त्यो अवस्थामा झनै अर्को सम्भावना पनि हुनेछ । तर पनि अहिलेको अवस्थामा इलेक्ट्रिक गाडीको प्रयोगलाई पनि बढाउनु आवश्यक छ ।
(नेपाल अटोले आयोजना गरेको अन्तक्र्रियामा नाडाको विद्युतीय सवारी साधन समितिका सभापति ध्रुव थापाले व्यक्त गर्नुभएको विचार)
फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले न्यु जेनेरेसन ट्विङगो इलेक्ट्रिक...
सीजी मोटर्सले नयाँ स्मार्ट ३३ नेपाली बजारमा उपलब्ध गराएको छ । विश्वमै...
चितवन – नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एएमएडब्लू वृद्धिले चितवनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...