मुग्लिन–पोखरा सडक दमौली बजारमा धमाधम कालोपत्र हुँदै

दमौली (तनहुँ) - मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ ।

व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले राससलाई जानकारी दिए ।

बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ । बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो । दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ ।

पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो । अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ ।

पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपालमा भएका सडक दुर्घटनाको नयाँ तथ्यांक, दोष जति ईभीलाई !

यस्तो छ नेपालमा भएका सडक दुर्घटनाको नयाँ तथ्यांक, दोष जति ईभीलाई !

नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा सडक दुर्घटना कुनै नौलो विषय होइन ।...

साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि नि:शुल्क बस सेवा 

साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि नि:शुल्क बस सेवा 

काठमाडौँ – यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले...

काठमाडौंमा डिस्टिङग्विस्ड जेन्टलम्यान्स राइड २०२५ सम्पन्न

काठमाडौंमा डिस्टिङग्विस्ड जेन्टलम्यान्स राइड २०२५ सम्पन्न

काठमाडौं— वार्षिक रूपमा आयोजना हुने डिस्टिङग्विस्ड जेन्टलम्यान्स राइड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...