बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
साउदी अरबमा चलिरहेको डकार -याली २०२१ समाप्त भएको छ । सो -यालीमा मोन्स्टर इनर्जी होन्डा टिम प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
उक्त -यालीमा होन्डा टिमले १२ चरणमा ७ हजार ६०० किलोमिटरको दुरी तय गरेको थियो । होन्डाका केभिन बेनाभाइड्सले सो -याली जितेका थिए भने दोस्रो स्थानमा सोही टिमका रिकी ब्रेबेक भएका थिए । होन्डाले सो प्रतिस्पर्धा लगातार दोस्रो पटक जितेको छ ।
त्यसैगरी केभिन बेनाभाइड्स सो जित हासिल गर्ने पहिलो अर्जेन्टिनियन राइडर समेत बनेका छन् । त्यसैगरी यो -यालीमा केटीएमका सेम सुन्दरल्यान्डले तेस्रो स्थान हासिल गरेका छन् । सेमले ११ औं चरणको जित हासिल गरेका थिए ।
च्याम्पियनसिपको अन्तिम चरणको सुरुवातमा २४७ किलोमिटर सम्पर्क र २०० किलोमिटर विशेष स्ट्रेच समावेश रहेको छ । यद्यपि ९९ किलोमिटर पछि बेनाभाइड्स भन्दा ११ मिनेट पछाडि थिए र ब्रेबेक १० मिनेट अगाडि बढेका थिए ।
२०२१ डकार -यालीको आयोजना साउदी अरबमा गरिएको थियो । यसको किकस्टार्टिङ र समापन जेद्दामा गरिएको थियो । उक्त रेसमा सबै राइडरले कुल ७ हजार ६४६ किलोमिटरको दुरी तय गरेका थिए । जसमा ३ हजार ७६७ किलोमिटर प्रतिस्पर्धात्मक स्ट्रेज १२ श्रेणीमा विभाजित गरेको थियो । सो -यालीमा बढीजसो च्यालेन्जिङ ट्रयाक थियो जुन मरुभूमि, डाँडाकाडा र पहाडले घेरिएको थियो ।
Pos. |
Rider |
Bike |
Time/Gap |
---|---|---|---|
1 |
Kevin Benavides |
Honda |
47h18m14s |
2 |
Ricky Brabec |
Honda |
4m56s |
3 |
Sam Sunderland |
KTM |
15m57s |
4 |
Daniel Sanders |
KTM |
38m52s |
5 |
Skyler Howes |
KTM |
52m33s |
6 |
Lorenzo Santolino |
Sherco |
58m30s |
7 |
Pablo Quintanilla |
Husqvarna |
1h16m39s |
8 |
Stefan Svitko |
KTM |
1h43m07s |
9 |
Matthias Walkner |
KTM |
2h32m12s |
10 |
Martin Michek |
KTM |
2h42m37s |
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...