पठाओले सुरु गर्यो इन्स्योरेन्स हेल्प-लाइन
लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त...
काठमाडौँ - काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
मंगलबार बिहान ५ बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मंगलबार बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जारी भएको हो।
सोमबार नै बानेश्वर क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। मध्यराति फेरि कर्फ्यु आदेश लम्ब्याएर मंगलबार बिहान ५ बजेसम्मका लागि तोकिएको थियो।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेशमा उल्लेख छ ।
कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यु आदेश जारी गरेका हुन्।
काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायण गोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भागमा कर्फ्यु जारी भएको हो।
त्यसैगरी ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् ।
आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।
आदेश जारी भएका क्षेत्र
भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५) : पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म ।
सानेपा क्षेत्र (वडा नं २) : पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म ।
च्यासल क्षेत्र (वडा नं ९) : पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म ।
काठमाडौं र ललितपुरपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे छ ।
बिहान ८ः३० बजेबाट अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने भनिएकाे छ ।
जेन जी पुस्ताले काठमाडौँमा सोमबार गरेको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको छ भने सयौँ घाइते छन्। प्रदर्शनका क्रममा काठमाडौँ उपत्यका बाहिर पनि दुई जनाको ज्यान गएको छ ।
लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त...
भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले जम्मु कश्मीरको लद्दाख क्षेत्रमा...
भारतमा सडक दुर्घटना गम्भीर समस्याका रूपमा रहँदै आएको छ। हरेक वर्ष लाखौं...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...