बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
कारमा अव अत्याधुनिक प्रविधिको क्रिस्टल सेन्टर डिस्प्ले आउने भएको छ । अमेरिकाको प्रख्यात टेक्नोलोजी कम्पनी कन्टिनेन्टलले आफ्नो नयाँ पारदर्शी इन–कार डिस्प्ले अनावरण गर्न स्वारोवस्की मोबिलिटीसँग साझेदारी गरेसंगै कारमा यो नयाँ प्रबिधिको स्क्रिन आउने निश्चित भएको हो । ‘क्रिस्टल सेन्टर डिस्प्ले’ भनिने पारदर्शी स्क्रिनलाई दुई कम्पनीले संयुक्त रुपमा विकास गर्न लागेका हुन् ।
मर्सिडीज–बेन्ज र बीएमडब्लु जस्ता कार निर्माताहरूले पछिल्लो समय हेडलाइटहरू र तिनका भित्री भागहरूमा स्वारोवस्की क्रिस्टलहरू प्रयोग गर्दै आएका छन् ।
सो नयाँ सेन्ट्रल स्क्रिन स्वारोवस्की क्रिस्टलबाट बनाइएको १० इन्चको सेन्ट्रल इन्फोटेनमेन्ट डिस्प्लेको रूपमा आउने जनाइएको छ । सो पारदर्शी स्क्रिनमा माइक्रोएलईडी प्रविधिको प्रयोग हुने कन्टिनेन्टलको भनाई छ । स्वारोवस्कीका अनुसार क्रिस्टल बडी विशेष ग्राइन्डिंग प्रविधिमार्फत बनाइएकाले यो एकदमै टिकाउ समेत हुनेछ ।
संसारको सबैभन्दा लोकप्रिय टेक्नोलोजी शो ‘सीइएस’ २०२४ मा नयाँ प्रविधिको स्क्रिन सार्बजनिक गर्दै कन्टिनेन्टलका यूजर एक्सपिरियन्स प्रमुख डा बोरिस मर्गेलले भने, “क्रिस्टल सेन्टर डिस्प्लेलाई मुख्य कम्पोनेन्टको रूपमा राखेर, हामी इन्टेरियर डिजाइनको संसारलाई यसको टाउकोमा घुमाउन चाहन्छौं र भविष्यका प्रिमियम गाडीहरूका लागि एक इनोभेटिभ केन्द्र सिर्जना गर्न चाहन्छौं ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...