ट्रम्पको चेतावनीले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा, प्रतिब्यारेल १२६ डलर नाघ्यो

अमेरिका–इरान युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिका कारण विश्व बजारमा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा पुगेको छ ।

ट्रम्पले इरान नाकाबन्दी ‘महिनौंसम्म’ चल्न सक्ने चेतावनी दिएपछि तेलको मूल्य अहिलेसम्मकै उच्चस्तरमा पुगेको हो । ब्रेन्ट तेलको मूल्य बुधबार प्रतिब्यारेल १२६ डलरभन्दा माथि पुगेको छ । जुन २०२२ पछि सबैभन्दा उच्च हो ।

ट्रम्पले इरानका बन्दरगाहहरूमा अमेरिकाको नाकाबन्दी महिनौंसम्म जारी रहन सक्ने बताएका छन् र शान्ति वार्ता पनि ठप्प भएकापछि तेलको मूल्यवृद्धि उच्च भएको हो । २४ घण्टामा १३ प्रतिशतभन्दा बढी वृद्धि हुँदै ब्रेन्ट कच्चा तेल युद्ध सुरु भएयताकै उच्चस्तरमा पुगेको छ ।

२८ फेब्रुअरीमा युद्ध सुरु भएदेखि हालसम्मको मूल्यलाई हेर्दा, यसअघि रूसको २०२२ को युक्रेन आक्रमणपछि ब्रेन्ट तेल १२० डलरभन्दा माथि पुगेको थिएन । त्यतिबेला मूल्य १३९ डलरमा पुगेको थियो ।

ट्रम्प अमेरिकी नौसेनाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी कायम राख्न इच्छुक देखिएपछि तेल बजारमा ठूलो अस्थिरता देखिएको छ । इरानले पनि होर्मुज जलडमरूमध्यलाई लगभग सबै तेल ट्यांकरका लागि बन्द राखेको छ ।

सम्बन्धित समाचारहरू

पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु

पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित...

पेट्रोलियम कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयलाई खारेज गर्दै युरोप

पेट्रोलियम कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयलाई खारेज गर्दै युरोप

युरोपले २०३५ देखि लागू गर्ने भनिएको पेट्रोलियम कारहरूको बिक्रीमा लगाइएको...

२०८१ मा नेपाली अटोमोबाइल क्षेत्र : केही आशा, केही निराशा

२०८१ मा नेपाली अटोमोबाइल क्षेत्र : केही आशा, केही निराशा

नेपाली अटोमोबाइल क्षेत्रमा नेपाली वर्ष २०८१ मा केही सन्तोषजनक उपलब्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...