ईएफआई सिस्टममा आउने भयो क्रसएक्स २५०आर, मूल्य पहिले भन्दा ७० हजार बढी

काठमाडौं – नेपाली बजारमा ईएफआई प्रविधियुक्त क्रसएक्स २५०आर मोटरसाइकल उपलब्ध हुने भएको छ । हाल सम्म कार्बुरेटरयुक्त मोटरसाइकल उपलब्ध भएकोमा अब नयाँ प्रविधियुक्त मोटरसाइकल भित्रिन लागेको हो ।

नेपालका लागि क्रसएक्सको आधिकारिक वितरक बाइकर्स नेपालले सो मोटरसाइकलको बुकिङ समेत खुला गरेको छ । आगामी एक महिना भित्रै यो मोटरसाइकल बिक्रीका लागि उपलब्ध हुने बताइएको छ ।

नयाँ ईएफआई प्रविधियुक्त क्रसएक्स २५०आर मोटरसाइकलको मूल्य ७ लाख ६५ हजार रुपैयाँ तोकिएको छ । पहिले यसको मूल्य ६ लाख ९५ हजार रुपैयाँ थियो । पहिले भन्दा नयाँ २०२२ मोडलको मूल्य ७० हजार रुपैयाँ बढी हुनेछ ।

यो मोटरसाइकलमा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ३२ एचपीको पावर दिन्छ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक छ ।

३६१ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको सिटको उचाई ९४० एमएम छ भने ६.५ लिटरको इन्धन ट्यांकी छ । यो मोटरसाइकल रेड र ब्ल्याक गरी दुई कलर अप्सनमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

नक्सालमा खुल्याे केटीएम माेटरसाइकलको सुविधा सम्पन्न नयाँ शोरुम

नक्सालमा खुल्याे केटीएम माेटरसाइकलको सुविधा सम्पन्न नयाँ शोरुम

काठमाडौं – केटीएम मोटरसाइकलको नक्सालमा सुविधा सम्पन्न नयाँ शोरुम...

केटीएम र हस्कभर्नाको फेस्टिभ अफर : विशेष अफरका साथ एक्सक्लुसिभ केटीएम राइडिङ ज्याकेट

केटीएम र हस्कभर्नाको फेस्टिभ अफर : विशेष अफरका साथ एक्सक्लुसिभ केटीएम राइडिङ ज्याकेट

काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएम र हस्कभर्ना ब्रान्डका बाइक अब ५०...

केटीएम ३९० ड्यूकको मूल्य एकैपटक ४० हजार बृद्धि, यस्तो छ कारण

केटीएम ३९० ड्यूकको मूल्य एकैपटक ४० हजार बृद्धि, यस्तो छ कारण

केटीएमले ३९० ड्यूकको मूल्यमा एकैपटक ४० हजार भारु बृद्धि गरेको छ । बाइकको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...