नेपाली बजारमा जिपिएक्स : किन्ने ग्राहक नहुँदा २०१८ देखीको मोडल थन्किए शोरुममा
विगत ५ वर्षयता नेपाली बजारमा उपलब्ध रहँदै आएको टु ह्विलर ब्रान्ड...
क्रसफायर मोटरसाइकलको आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले यसअघि कारोबार हूँदै आइरहेको एचजे २५० को ग्राफिक्सलाई अपग्रेड गरी नयाँ बाइक डार्क एडिसनलाई बजारमा उतारेको छ । ब्ल्याक थिममा आधारित यो नयाँ मोटरसाइकलको टेष्ट राइड समेत खुल्ला गरिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार राइडरले चक्रपथमा रहेको क्रसफयार मोटरसाइकलको शोरुममा गएर नयाँ बाइकलाई टेष्ट राइड गर्न सक्नेछन् ।
नयाँ बाइक डार्क एडिसनको इन्जिन र फिचर्समा भने कुनै परिबर्तन गरिएको छैन । ग्राफिक्समा गरिएको परिबर्तनका कारण यो बाइक पहिलेको तुलनामा थप आकर्षक र इन्डुरो प्रेरित रहेको देख्न सकिन्छ ।
अष्ट्रेलियन ब्रान्ड क्रसफायरको यो बाइकमा २५० सीसी क्षमताको वाटर कुलिङ इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १९ किलोवाट र टर्क २२.५ एनएम रहेको छ । कार्बुरेटरमा आधारित फ्युल सिस्टम जडान गरिएको यसको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...