आयो मोटरहेडको महा चाड महा बचत अफर : बाइकमा २५ हजार देखि १ लाख सम्म छुट
काठमाडौं –मोटरहेड ब्रान्डका बाइकको नेपालको लागि आधिकारिक वितरक एसएलआर...
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले देशका थप ४ शहरमा शोरुम बिस्तार गर्ने बताएको छ । कम्पनीका अनुसार निकट भविष्यमै चीतवन, दाङ, धनगढी र दमकमा नयाँ डिलरसिप विस्तार गर्न लागिएको हो । यी स्थानमा डिलरसिप बिस्तार भएपछि ग्राहकलाई क्रसफयार बाइक खरिद गर्न र बिक्री पछिको सेवा लिन सहज हुने उसको भनाई छ ।
क्रसफायरको हाल काठमार्डौ उपत्यका ३ वटा शोरुम सहित पोखरा, नेपालगन्ज, धरान, वुटवल र वाग्लुङमा डिलरसिप संचालन भैरहेको छ । यी डिलरबाट सेल्स, सर्भिस र स्पेयर पार्टस सहितको थ्रिएस सुबिधा उपलब्ध हुँदै आइरहेको छ ।
डिलरसिप विस्तारसंगै कम्पनीले देशका बिभिन्न स्थानहरुमा सर्भिस सेन्टर र आधिकारिक सर्भिस प्वाइन्टको समेत बिस्तार गर्दै लाने योजना बनाएको छ । क्रसफायर नेपाली युवा राइडरमाझ निकै नै रुचाइएको डर्ट एवं एड्भेन्चर मोटरसाइकल ब्रान्ड हो ।
नेपाली बजारमा हाल यसको जिआर७, आरएम २९० ट्विन, एचजे २५० र ट्रेकर २५० मोटरसाइकल उपलब्ध छन् । यी मोटरसाइकलको मूल्य ३ लाख ७५ हजार रुपैयाँदेखी ७ लाख ४८ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...