ड्रिम बाइकका रुपमा स्थापित हुुँदै क्रसफायर

नेपालमा डर्ट अर्थात अफरोड बाइकको नाम लिंदा शुरुमै आइहाल्ने नाम हो क्रसफायर । अस्ट्रेलियन ब्रान्डको यो मोटरसाइकल नेपाल भित्रिएको ८ बर्ष पूरा भएको छ । सन् २०१३ मा क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नेपाल भित्र्याएको यो बाइक अहिले अधिकांश नेपाली युवाहरुको ड्रिम बाइक समेत बनेको छ ।

क्रसफायर भित्रिनुअघि नेपालमा डर्ट बाइकको बजार अहिलेको जस्तो ठूलो थिएन । एकाध ब्रान्डले केही थान यस्ता बाइक आयत गरी कारोबार गर्ने गर्थे । जव बजारमा यसको डर्ट बाइक भित्रियो त्यसपछि भने यो सेग्मेन्टमा क्रसफायरले एक प्रकारको बेन्चमार्क नै खडा गरिरहेको छ । अहिले क्रसफायरको सिको गर्दै बिभिन्न ब्रान्डले समेत यो सेग्मेन्टका बाइक आयत गर्न थालेपछि बजार समेत फराकिलो बन्न थालेको छ ।

क्रसफायर मुलत अष्ट्रेलियन ब्रान्ड हो । यद्यपि यसको उत्पादन भने चीनमा समेत हुने कारण नेपालमा पनि सोही मुलुकबाट आयत भैरहेको छ । चीनमा उत्पादन हुने कारण कतिपयले यसलाई चीनीयाँ ब्रान्ड समेत भन्ने गर्छन् । तर यो चीनमा उत्पादन गरिएको अष्ट्रेलियन ब्रान्डको मोटरसाइकल हो ।

क्लासिक ह्विल्सले यो सहित इटालिका मोटो र एस ब्रिटिस लगायत अन्य ब्रान्डका मोटरसाइकल र स्कुटरको समेत आयत गरी कारोबार गर्दै आइरहेको छ । कम्पनले देशका बिभन्न ६ स्थानमा नेटवर्क बिस्तार गरी बिक्री बितरण र बिक्री पछिको सेवा उपलब्ध गराउँदै आएको छ । निकट भबिष्यमै देशका अन्य ९ स्थानमा सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको नेटवर्क बिस्तार गर्ने योजना बनाएको छ ।

त्यसैगरी बिक्री पछिको सेवालाई सरल सहज र सर्बसुलभ बनाउन लोकल वर्कशपलाई तालिम दिई आधिकारिक सर्भिस प्वाइन्टका रुपमा बिकास गर्दै जाने योजना समेत बनाएको छ । आकर्षक लुक्स, स्पोर्टी डिजाइन र छुट्टै प्रकारको स्मुथ आवाज क्रसफायर बाइकका बिशेषता हुन् । यी बिशेषताका कारण यो बाइकमा लालयित युवा जमात बढिरहेको छ । फलस्वरुप क्रसफायरको नेपाली बजार हरेक बर्ष बिस्तार भैरहेको छ । नेपालमा हाल एचजे २५०, जीआर७ २५०, आरएम २५० रेस एडिसन र ट्रेकर २५० गरी ४ भीन्न मोडलका यी बाइक उपलव्ध छन् । जसको मुल्य क्रमश ६ लाख ५५ हजार, ५ लाख ४५ हजार, ७ लाख २५ हजार र ३ लाख ४८ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

बार्सिलोनामा लन्च हुँदै रोयल इन्फिल्ड गुरिल्ला ४५०

बार्सिलोनामा लन्च हुँदै रोयल इन्फिल्ड गुरिल्ला ४५०

रोयल इन्फिल्डका प्रबन्ध निर्देशक सिद्धार्थ लाल र प्रमुख कार्यकारी अधिकृत...

लन्च भएको एक महिनामै हन्टर बन्यो रोयल इन्फिल्डको सर्बाधिक बिक्री हुने दोस्रो मोटरसाइकल

लन्च भएको एक महिनामै हन्टर बन्यो रोयल इन्फिल्डको सर्बाधिक बिक्री हुने दोस्रो मोटरसाइकल

रोयल इन्फिल्ड हन्टर लन्च भएको एक महिनामै सबैभन्दा बढी बिक्री हुने दोस्रो...

के रोयल इन्फिल्ड हिमालयन ६५० सीसीमा आउँदै छ ? संकेत यस्तै छ

के रोयल इन्फिल्ड हिमालयन ६५० सीसीमा आउँदै छ ? संकेत यस्तै छ

रोयल इन्फिल्ड हिमालयनको हालको मोडल निकै नै लोकप्रिय छ । ४१० सीसीको हालको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...