रोयल इन्फिल्ड बुलेट ३५० थप उपकरण सहित लन्च हुँदै, पहिले नै डिटेल्स लिक
रोयल इन्फिल्डको लोकप्रिय बाइक बुलेट विगत केही दशकदेखि सबैको मनपर्ने बाइक...
नेपालमा डर्ट अर्थात अफरोड बाइकको नाम लिंदा शुरुमै आइहाल्ने नाम हो क्रसफायर । अस्ट्रेलियन ब्रान्डको यो मोटरसाइकल नेपाल भित्रिएको ८ बर्ष पूरा भएको छ । सन् २०१३ मा क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नेपाल भित्र्याएको यो बाइक अहिले अधिकांश नेपाली युवाहरुको ड्रिम बाइक समेत बनेको छ ।
क्रसफायर भित्रिनुअघि नेपालमा डर्ट बाइकको बजार अहिलेको जस्तो ठूलो थिएन । एकाध ब्रान्डले केही थान यस्ता बाइक आयत गरी कारोबार गर्ने गर्थे । जव बजारमा यसको डर्ट बाइक भित्रियो त्यसपछि भने यो सेग्मेन्टमा क्रसफायरले एक प्रकारको बेन्चमार्क नै खडा गरिरहेको छ । अहिले क्रसफायरको सिको गर्दै बिभिन्न ब्रान्डले समेत यो सेग्मेन्टका बाइक आयत गर्न थालेपछि बजार समेत फराकिलो बन्न थालेको छ ।
क्रसफायर मुलत अष्ट्रेलियन ब्रान्ड हो । यद्यपि यसको उत्पादन भने चीनमा समेत हुने कारण नेपालमा पनि सोही मुलुकबाट आयत भैरहेको छ । चीनमा उत्पादन हुने कारण कतिपयले यसलाई चीनीयाँ ब्रान्ड समेत भन्ने गर्छन् । तर यो चीनमा उत्पादन गरिएको अष्ट्रेलियन ब्रान्डको मोटरसाइकल हो ।
क्लासिक ह्विल्सले यो सहित इटालिका मोटो र एस ब्रिटिस लगायत अन्य ब्रान्डका मोटरसाइकल र स्कुटरको समेत आयत गरी कारोबार गर्दै आइरहेको छ । कम्पनले देशका बिभन्न ६ स्थानमा नेटवर्क बिस्तार गरी बिक्री बितरण र बिक्री पछिको सेवा उपलब्ध गराउँदै आएको छ । निकट भबिष्यमै देशका अन्य ९ स्थानमा सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको नेटवर्क बिस्तार गर्ने योजना बनाएको छ ।
त्यसैगरी बिक्री पछिको सेवालाई सरल सहज र सर्बसुलभ बनाउन लोकल वर्कशपलाई तालिम दिई आधिकारिक सर्भिस प्वाइन्टका रुपमा बिकास गर्दै जाने योजना समेत बनाएको छ । आकर्षक लुक्स, स्पोर्टी डिजाइन र छुट्टै प्रकारको स्मुथ आवाज क्रसफायर बाइकका बिशेषता हुन् । यी बिशेषताका कारण यो बाइकमा लालयित युवा जमात बढिरहेको छ । फलस्वरुप क्रसफायरको नेपाली बजार हरेक बर्ष बिस्तार भैरहेको छ । नेपालमा हाल एचजे २५०, जीआर७ २५०, आरएम २५० रेस एडिसन र ट्रेकर २५० गरी ४ भीन्न मोडलका यी बाइक उपलव्ध छन् । जसको मुल्य क्रमश ६ लाख ५५ हजार, ५ लाख ४५ हजार, ७ लाख २५ हजार र ३ लाख ४८ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
रोयल इन्फिल्डको लोकप्रिय बाइक बुलेट विगत केही दशकदेखि सबैको मनपर्ने बाइक...
काठमाडौं – रोयल इन्फिल्डका दुई मोटरसाइकल क्लासिक ३५० बीएस६ र स्क्राम ४११...
रोयल इन्फिल्डको बुलेट बाइक सबैभन्दा लोकप्रिय बाइक मध्ये एक हो । समयसँगै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...