स्टक क्लियरेन्स गर्दै रनर, नयाँ लट २ महिनापछि आउने
बंगलादेशबाट आयात हुने रनर मोटरसाइकलको नयाँ लट दुई महिनापछि भित्रिने भएको...
क्रसफायर र इटालिका मोटोको आधिकारिक बितरक क्लासिक ह्विल एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले तिहारलाई लक्षित गरी नयाँ अफर सार्बजनिक गरेको छ । उक्त अफर अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक र बम्परमा नगद छुटको साथै बिभिन्न एसेसोरिज र निशुल्क पोखरा टुरसम्मको सुबिधा प्राप्त गर्न सक्ने बताइएको छ ।
दैनिक अफर अन्तर्गत क्रसफायरको आरएम २५० खरिद गर्दा ग्राहकले निशुल्क हेल्मेट र गगल्स पाउनेछन् भने यसको एचजे मोडलमा १५ हजार नगद छुटको साथै निशुल्क हेल्मेट र गगल्स प्रदान गरिनेछ । त्यसैगरी इटालिका मोटोको कुनैपनि मोटरसाइकल तथा स्कुटर बुकिङ गर्दा ५०० हजार नगद छुटको साथै खरिदको समयमा अतिरिक्त १० हजार नगद छुट र निशुल्क हेल्मेट लगायत अन्य एसेसोरिज पाउनेछन् ।
साप्ताहिक अफरमा क्रसफायरको एचजे र आरएम मोटरसाइकल खरिद गर्दा एकजना भाग्यसाली बिजेताले निशुल्क जर्सि, पेन्ट र ग्लोभ प्राप्त गर्न सक्नेछन् भने इटालिका मोटोमा १ जनालाई १० हजार नगद प्रदान गरिनेछ ।
त्यसैगरी बम्परमा क्रसफायर खरिद गर्ने एकजना ग्राहकलाई सम्पूर्ण राइडिङ गियर र एसेसोरिजहरु जस्तो, जर्सी, ट्राउजर, बुट, ग्लोभ, ह्यान्डल बार र हेल्मेट निशुल्क प्रदान गरिनेछ । इटालिका मोटोमा भने २ जनालाई २ रात ३ दिनको पोखरा टुर प्याकेज प्रदान गरिनेछ । जसअन्तर्गत उनीहरुले पोखरामा रहेको हिमालयन फ्रन्ट होटलमा निशुल्क बस्न र खानाको सुबिधा पाउनेछन् ।
यी अफरसंगै कम्पनीले फाइनान्स र एक्सचेन्जको सुबिधा समेत प्रदान गर्ने बताएको छ । एक्सचेन्जमा क्रसफायर र इटालिका मोटो खरिद गर्दा ग्राहकले आफूसंग भएको पुरानो मोटरसाइकलमा १५ हजार रुपैयाँको अतिरिक्त मूल्यांकन र हेल्मेट निशुल्क पाउनेछन् । त्यसैगरी क्रसफायरको एचजे मोडललाई फाइनान्स सुबिधामा खरिद गर्दा १० हजार रुपैयाँ नगद छुट र हेल्मेट प्राप्त गर्न सक्नेछन् भने इटालिका मोटोमा ५ हजार नगद छुट र हेल्मेट प्राप्त गर्न सकिने बताइएको छ ।
बंगलादेशबाट आयात हुने रनर मोटरसाइकलको नयाँ लट दुई महिनापछि भित्रिने भएको...
क्रसफायर मोटरसाइकलको आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड...
नयाँ बर्षको सुरुवातसंगै नेपाली बजारमा अर्को नयाँ ब्रान्डको डर्ट वाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...