हुन्डाई भेन्यू अव एन–लाइन भर्सनमा पनि, १.० लिटर टर्वो पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुने
हुन्डाईले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी भेन्यूलाई एन–लाइन भर्सनमा...
आसियन एनक्यापले गरेको क्र्यास टेष्टमा हुन्डाई मोटर्सको मिड साइज एसयूभी क्रेटा फेसलिफ्टले ५ स्टार रेटिङ हात पारेको छ । नयाँ प्रोटोकलमा आधारित उक्त टेष्टमा हुन्डाइले पहिलोपटक क्रेटा एसयूभीलाई क्र्यास टेष्टमा पठाएको थियो । यसअघिका पुरानो प्रोटोकलमा भने यो व्रान्डाका ह्याचव्याक र सेडान कार सहभागी हुँदै आएका थिए ।
उक्त टेष्टमा क्रेटाले समग्रमा ७५.७८ अंक हाँसिल गर्दै उत्कृष्ट रेटिङ पाएको हो । जसअन्तर्गत एडल्ट प्रोटक्सनमा ३४.७२, चाइल्ड प्रोटेक्सनमा १५.५६, सेफ्टि एसिस्टमा १४.०८ र मोटरसाइक्लिस्ट सेफ्टिमा ११.४२ अंक सहित यो लोकप्रिय एसयूभी सुरक्षाको सवालमा उत्कृष्ट ठहर भएको हो ।
टेष्ट गरिएको उक्त एसयूभीमा दुई ओटा एयर व्याग उपलब्ध रहेपनि यसको उच्च भेरियन्टमा ६ वटा एयरव्याग रहँदै आएको छ । सुरक्षालाई मध्येनजर गर्दै यसमा इलेक्ट्रिोनिक स्ट्याविलिटी कन्ट्रोल(इएससी), एन्टि व्रेकिङ सिस्टम(एविएस), सिटवेल्ट रिमाइन्डर सिस्टम(एसविआर) र चाइल्ड सिट र पैदल यात्रुको सुरक्षाका लागि आइएसओफिक्स लागयत टेक्नोलोजी जडान गरिएको छ ।
यसका अतिरिक्त यो एसयूभीमा अटोनोमस इमर्जेन्सि सिस्टम(एइएस), फरवार्ड कोलिजन वार्निङ( एफसिडव्लू), लेन किप एसिस्ट(एलकेए), लेन डिपार्चर वार्निङ(एलडिडव्लू), अटो हाई विम(एएचवि) र व्लाइन्ड स्पट डिटेक्सन(विडव्लूएस) जस्ता अत्याधुनिक सेफ्टि फिचर्स समेत दिइएको छ ।
क्रेटा नेपाली एसयुभी पारखीमाझ सर्बाधिक रुचाइएको मोडल हो । मिड साइज एसयूभीमा यसले विगत लामो समयदेखी बजारको नेतृत्व गर्दै आइरहेको छ ।
हुन्डाईले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी भेन्यूलाई एन–लाइन भर्सनमा...
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
धनगढी – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...