क्रेटा फेसलिफ्टले पायो क्र्यास टेष्टमा ५ स्टार रेटिङ

आसियन एनक्यापले गरेको क्र्यास टेष्टमा हुन्डाई मोटर्सको मिड साइज एसयूभी क्रेटा फेसलिफ्टले ५ स्टार रेटिङ हात पारेको छ । नयाँ प्रोटोकलमा आधारित उक्त टेष्टमा हुन्डाइले पहिलोपटक क्रेटा एसयूभीलाई क्र्यास टेष्टमा पठाएको थियो । यसअघिका पुरानो प्रोटोकलमा भने यो व्रान्डाका ह्याचव्याक र सेडान कार सहभागी हुँदै आएका थिए ।

उक्त टेष्टमा क्रेटाले समग्रमा ७५.७८ अंक हाँसिल गर्दै उत्कृष्ट रेटिङ पाएको हो । जसअन्तर्गत एडल्ट प्रोटक्सनमा ३४.७२, चाइल्ड प्रोटेक्सनमा १५.५६, सेफ्टि एसिस्टमा १४.०८ र मोटरसाइक्लिस्ट सेफ्टिमा ११.४२ अंक सहित यो लोकप्रिय एसयूभी सुरक्षाको सवालमा उत्कृष्ट ठहर भएको हो ।

टेष्ट गरिएको उक्त एसयूभीमा दुई ओटा एयर व्याग उपलब्ध रहेपनि यसको उच्च भेरियन्टमा ६ वटा एयरव्याग रहँदै आएको छ । सुरक्षालाई मध्येनजर गर्दै यसमा इलेक्ट्रिोनिक स्ट्याविलिटी कन्ट्रोल(इएससी), एन्टि व्रेकिङ सिस्टम(एविएस), सिटवेल्ट रिमाइन्डर सिस्टम(एसविआर) र चाइल्ड सिट र पैदल यात्रुको सुरक्षाका लागि आइएसओफिक्स लागयत टेक्नोलोजी जडान गरिएको छ ।

यसका अतिरिक्त यो एसयूभीमा अटोनोमस इमर्जेन्सि सिस्टम(एइएस), फरवार्ड कोलिजन वार्निङ( एफसिडव्लू), लेन किप एसिस्ट(एलकेए), लेन डिपार्चर वार्निङ(एलडिडव्लू), अटो हाई विम(एएचवि) र व्लाइन्ड स्पट डिटेक्सन(विडव्लूएस) जस्ता अत्याधुनिक सेफ्टि फिचर्स समेत दिइएको छ ।

क्रेटा नेपाली एसयुभी पारखीमाझ सर्बाधिक रुचाइएको मोडल हो । मिड साइज एसयूभीमा यसले विगत लामो समयदेखी बजारको नेतृत्व गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)

काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै उपलब्ध र धेरैले रुचाएको हुन्डाई...

हुन्डाई आयोनिक ५ बन्यो सबैभन्दा ठूलो उचाई परिवर्तनको यात्रा गर्ने इलेक्ट्रिक कार

हुन्डाई आयोनिक ५ बन्यो सबैभन्दा ठूलो उचाई परिवर्तनको यात्रा गर्ने इलेक्ट्रिक कार

हुन्डाई आयोनिक ५ ईभीले इलेक्ट्रिक कारले सबैभन्दा धेरै उचाई र गहिराईमा...

हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार

हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...