क्रेटा ईभी फागुन दोस्रो साता नेपाल आउने, कस्तो रहला बजार ?

काठमाडौं–हुन्डाईको बहुप्रतिक्षित विद्युतिय एसयुभी क्रेटा ईभी फागुन महिनाको दोस्रो हप्तासम्म नेपाल आइपुग्ने भएको छ । नेपालका लागि आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी नेपाल आउने मिती घोषणा गरेको हो । कम्पनीका महाप्रबन्ध दिपक थपलियाका अनुसार सो नयाँ ईभीको लङ र सर्ट दुबै रेन्ज नेपाल आउनेछ ।

भारतको नयाँ दिल्लीमा हालै सम्पन्न एक्सपोमा औपचारिक लन्च गरिएको क्रेटा ईभी ४२ किलोवाट आवर र ५२ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध हुनेछ । जसअनुसार ४२ किलोवाट आवर ब्याट्री प्याक भर्सन एक्जुकेटिभ, स्मार्ट, स्मार्ट(ओ) तथा प्रिमियम भेरिएन्टमा उपलब्ध हुनेछ भने लङ रेन्ज भर्सन स्मार्ट(ओ) र एक्सिलेन्स भेरिएन्टमा उपलब्ध हुनेछ । यस ईभीको अनुमानित रियल–वल्र्ड रेन्ज नेपालमा क्रमशः ३०० देखी ३३० किलोमिटर तथा ३९० देखी ४२० किलोमिटरसम्म रहने अनुमान गरिएको छ ।

७० प्रतिशत भन्दा बढी स्थानिय कम्पोनेन्ट्स प्रयोग गरी निर्माण गरिएको क्रेटा ईभीमा हुन्डाईले उत्कृष्ट टेक्नोलोजी प्रदान गरेको छ । यसमा डिजिटल की, सिफ्ट बाइ वायर, सिंगल पेडल ड्राइभ, भेइकल टु लोड जस्ता प्रविधि उपलब्ध गराइएको छ ।

साथै, यसमा एड्भान्स क्लाइमेट कन्ट्रोल, बोसको ८ स्पिकर अडियो सिस्टम, १०.२५ इन्चको ड्युअल कर्भिलिनियर स्क्रिनसहितको एचडी इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कुल्ड ग्लोभ बक्स, २६८ भाषामा भ्वाइस कमाण्ड, प्यानोरामिक सनरुफ, हुन्डाई ब्लुलिङ्क कनेक्टिभिटी जस्ता फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागि यसमा एड्भान्स हाई स्ट्रेन्थ स्टिलको प्रयोग गरिएको छ । यस बाहेक यसमा १९ सेफ्टी फंक्शनसहितको लेभल–२ एडास, ६ एयरब्याग, अल ह्विल डिस्क ब्रेक, ईपीबी, अटो होल्ड, हिल होल्ड असिस्ट, ईएससी, बीएसएम, आइसोफिक्स चाइल्ड एन्कोरेज, टीपीएमएस जस्ता फिचर रहेको छ । साथै एभीएम, बीभीएम, रेन सेन्सिङ वाइपर, पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर पनि उपलब्ध गराएको छ ।

कस्तो रहला नेपाली बजार ?
क्रेटा हुन्डाईको सबैभन्दा सफल मोडल मध्ये एक हो । सन् २०१६ देखी नै नेपाली बजारमा उपलब्ध यस एसयुभी हालसम्म १० हजार युनिट भन्दा बढि बिक्री भैसकेको छ । कम्वसन इन्जिनमा निकै नै सफल र लोकप्रिय एसयुभीका रुपमा पहिचन बनाएको सोही मोडलकै ईभी भर्सन समेत नेपाल आउने भएपछि अहिले ईभी पारखीमा एक प्रकारको उत्साह नै जागेको छ ।

चिनियाँ ईभीको दबदबा रहँदै आएको नेपाली अटो बजारमा क्रेटा ईभी भित्रिएसंगै यसले हालको समिकरणमै व्यापक परिवर्तन ल्याउन सक्ने अनुमान गर्न सकिन्छ । क्रेटा ईभी नेपाली बजारमा सफल हुने बलियो आधारका रुपमा नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उपलब्ध गराउँदै आएको बिक्री पछिको सेवा प्रमुख बन्ने देखिन्छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विगत लामो समयदेखी हुन्डाई मोटर्सकै कोना र आयोनिक–५ ईभी समेत बिक्री गर्दै आएको छ भने उसले नेपालका प्रमुख शहर र हाइवेमा ईभी इकोसिस्टम तयार पारिसकेको छ । त्यसमाथी, क्रेटा ईभी समेत थपिने भएपछि कम्पनीले हालको ईभी इको सिस्टमलाई थप अपग्रेड समेत गरिरहेको छ ।

भारतमा उत्पादन भएर नेपाल आउने गाडीको स्पेयर पार्टस सहजै पाइने र मर्मत सम्भारमा समस्या नहुने आम उपभोक्ताको बुझाई समेत क्रेटा इभीका लागि बजार लिने अर्को बलियो आधार बन्ने देखिन्छ । स्पेयर पार्ट्सको सहज उपलब्धता र बलियो सर्भिस नेटवर्क कै कारण यसअघि नेपाल आएका प्राय सबैजसो हुन्डाई मोडल सफल बनेका हुन् भन्दा फरक पर्दैन ।

साथै, ईभीमा उच्च ग्राउन्ड क्लिरियन्स खोज्ने ग्राहकका लागि समेत क्रेटा ईभी एक उत्तम विकल्प बन्न सक्छ । कम्पनीले यसमा २०० एमएम ग्राउन्ड क्लिरियन्स दिएको छ । जुन हाल बजारमा उपलब्ध अन्य ईभीको तुलनमा धेरै हो ।

क्रेटा ईभीको नेपाली बजार यसको मूल्य निर्धारणले पनि तय हुने देखिन्छ । दुई दर्जन हाराहारी ब्रान्डका चिनियाँ ईभीको उपस्थिती सहित नेपालको ईभी बजार अहिले निकै ठूलो प्रतिस्पर्धाको चरणमा छ ।

यस प्रतिस्पर्धामा उत्रिन हुन्डाईले क्रेटा ईभीको मूल्य समेत निकै आकर्षक र प्रतिस्पर्धात्मक तय गर्नुपर्ने छ । भारतिय बजारमा १८ लाख भारुदेखी सुरु हुने यस ईभीको सुरुवाती मूल्य नेपालमा कति तय होला भनेर अहिले ईभी पारखी प्रतिक्षारत छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...