कम्प्याक्ट एसयूभीमा हुन्डाई क्रेटाको क्रेज कायमै, गत महिना विक्यो १५ हजार ७८६ यूनिट

काठमाडौं– हुन्डाई मोटर्सको सर्बाधिक सफल एसयूभी क्रेटा विगत लामो समयदेखी सर्बाधिक बिक्री हुने मोडलमा गनिँदै आएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा पर्ने क्रेटा भारतमा मात्रै नभई नेपाली एसयूभी पारखीको समेत पहिलो रोजाई हो ।

नेपालमा बिद्युतीय एसयूभीको क्रेज बढ्नुअघि यस सेग्मेन्टमा सर्बाधिक बिक्री हुँदै आएको क्रेटाको क्रेज भारतिय बजारमा भने हालसम्म पनि कायमै छ । क्रेटाले भारतमा हरेक महिनाजसो बिक्री चार्टमा पहिलो स्थान हाँसिल गर्दै आएको छ । सोहि क्रममा गत जुनमा पनि यस एसयूभीले प्रतिस्पर्धीलाई निकै पछि पारी आफ्नो स्थान सुरक्षित गरेको छ ।

गत महिना भारतमा १५ हजार ७८६ यूनिट क्रेटा बिक्री हुँदा दोस्रो स्थानमा रहेको टोयोटा हाइराइडर जम्मा ७ हजार ४६२ यूनिट बिक्री भएको थियो । त्यसैगरी, तेस्रो स्थानमा रहेको सुजुकी ग्रान्ड भिटरा ६ हजार ८२८ यूनिट बिक्री भयो । उक्त महिना कुल ४२ हजार कम्प्याक्ट एसयूभी बिक्री भएकोमा हुन्डाई क्रेटाले मात्रै ३५ प्रतिशत हाराहारी बजार हिस्सा ओगटेको छ ।

ईभी भर्सनमा समेत आएपछि क्रेटाको बिक्री हरेक महिना उकालो लागिरहेको छ । मे महिनामा कुल १४ हजार ८६० यूनिट क्रेटा बिक्री भएकोमा जुनमा ६.२३ प्रतिशतले बढेर १५ हजार ७६८ यूनिट पुगेको हो । जवकी दोस्रो स्थानमा रहेको टोयोट हाइराइडको बजार भने घट्दो क्रममा छ ।

गत जुनमा, कियाले ५ हजार २२५ यूनिट सेल्टोस, टाटाले २ हजार ६० यूनिट कर्भ, होन्डाले १ हजार ६३५ यूनिट एलिभेट, महिन्द्राले १ हजार २०३ यूनिट बीई६, फक्सवागनले १ हजार १६८ यूनिट टाइगुन, स्कोडाले ७९२ यूनिट कुशाक र एमजीले ३१७ यूनिट एमजी जेडएस ईभी बिक्री गरेको छ । जुनमा सिट्रोन सी३ एयरक्रस भने जम्मा ४९ यूनिटमात्र बिक्री भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपालमा पनि उस्तै क्रेज
क्रेटा नेपाली बजारमा समेत निकै रुचाइएको एसयूभी हो । नेपाली बजारमा यो एसयूभी पेट्रोल इन्जिन र इलेक्ट्रिक दुवै पावरट्रेनमा उपलब्ध छ । विगत केहि समययता नेपालमै एसेम्वल हुन थालेपछि यसको मूल्य एउटै मोडलमा ९ लाख रुपैयाँसम्मले सस्तो भएको छ । जसका कारण पनि यस एसयूभीम रुची राख्ने ग्राहक बढिरहेका छन् ।

अर्कोतफ, ईलेक्ट्रिक भर्सनमा समेत उपलब्ध हुन थालेपछि ग्राहकले छनोटमा विकल्प पाएका छन् भने क्रेटा ईभी समेत अहिले निकै राम्रो संख्यामा बिक्री भइरहेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई स्यान्ट्रोः ७ लाख ७० हजार मूल्य अन्तर भएको एरा र आस्टा मोडलमा यस्तो छ भिन्नता

हुन्डाई स्यान्ट्रोः ७ लाख ७० हजार मूल्य अन्तर भएको एरा र आस्टा मोडलमा यस्तो छ भिन्नता

ह्याचब्याक सेग्मेन्टमा सर्बाधिक रुचाइने मोडलमा पर्छ हुन्डाई स्यान्ट्रोे...

अप्रिलमा क्रेटा सर्वाधिक बिक्री हुने कार बन्न सफल, शीर्ष १० मा मारुती सुजुकीको दबदबा कायम

अप्रिलमा क्रेटा सर्वाधिक बिक्री हुने कार बन्न सफल, शीर्ष १० मा मारुती सुजुकीको दबदबा कायम

हुन्डाई क्रेटा सबैभन्दा लोकप्रिय एसयूभी मध्ये एक हो । अप्रिलमा सो एसयूभी...

हुन्डाई एक्साभेटरमा दशैं अफर, ५ लाखसम्मको नगद लाभ

हुन्डाई एक्साभेटरमा दशैं अफर, ५ लाखसम्मको नगद लाभ

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टको नेपालका लागि आधिकारिक बितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...