हुन्डाई क्रेटा र भेन्यू फेसलिफ्टको डिजाइन टुसानको जस्तै हुने

हुन्डाई मोटर्स इन्डियाले यसै बर्षको अन्त्यसम्ममा लन्च गर्ने भनिएको क्रेटा २०२२ मोडल र भेन्यू फेसलिफ्टको डिजाइन टुसान एसयुभीको जस्तै हुने आँकलन गरिएको छ । यी दुई नयाँ एसयुभीको डिजाइनलाई अन्तिम स्वरुप दिने तयारी भैरहेको सन्दर्भमा यसको सम्भाबित लुक्स तथा डिजाइनका बारेमा यस्तो आँकलन गरिएको हो । हुन्डाइले भारतीय बजारमै टुसानको उत्पादन गर्ने तयारी गरिरहेको सन्दर्भमा समेत यी दुई नयाँ मोडलमा सोही एसयुभी प्रेरित डिजाइन दिन सक्ने अनुमान गरिएको छ ।

इन्डोनेशियामा अघिल्लो बर्ष लन्च गरिएको क्रेटाको नयाँ मोडलमा दिइएको इन्टेरियरलाई नै निरन्तरता दिइने जनाएको हुन्डाई मोटर्स इन्डियाले यसको फ्रन्टमा भने ब्यापक परिबर्तन गरिने यसअघि नै बताएको थियोे । यो नयाँ मोडलमा टुसानको जस्तै प्यारामेट्रिक ज्वेल प्याट्रन फ्रन्ट ग्रिल रहने र युनिक हेडल्याम्प क्लस्टर र नयाँ एलइडी डिआरएललाई समायोजन गर्न सकिने जनाइएको छ । साथै नयाँ हाउजिंग र फराकिलो सेन्ट्रल एयर इन्टेक सहित यसको फ्रन्ट वम्परलाई समेत रिडिजाइन गरिने भएको छ ।

त्यसैगरी भेन्यू फेसलिफ्टमा पनि परमार्जन गरिएको ग्रिल, अपडेट गरिएको स्प्लिट हेडल्याम्प क्लस्टर, नयाँ फगल्याम्प, रिडिजाइन गरिएको फ्रन्ट र रियर वम्पर र नयाँ ह्विल सहित अन्य थुप्रै पक्षमा परिमार्जन गर्न लागिएको छ । जसले यो सब फोर मिटर एसयुभीलाई पनि टुसानको जस्तै लुक्स दिने अनुमान लगाइएको छ ।

यी दुबै एसयुभीको पावर ट्रेनमा भने कुनै पनि परिबर्तन नगरिने भएको छ । सेफ्टि फिचर्सको कुरा गर्नुपर्दा भने नयाँ क्रेटामा एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टममा आधारित फिचर्सहरु जस्तो अटोनोमस इमर्जेन्सि ब्रेकिङ, व्लाइन्ड स्पट मोनिटरिङ, लेन किप एसिस्ट, फरवार्ड कोलिजन अभ्वाइडेन्स, र एडप्टिभ क्रुज कन्ट्रोल लगायत थप हुन सक्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

दुबईका शेखका लागि कसले बनाउछ सुनको गाडी ?

दुबईका शेखका लागि कसले बनाउछ सुनको गाडी ?

दुबईमा सुनले बनेको कारको बारेमा पक्कै सुन्नुभएकै होला ? यी सुनौलो कारहरू...

हुन्डाई कार किन्दा धनगढीका अभिषेकले जिते १० लाख नगद छुट

हुन्डाई कार किन्दा धनगढीका अभिषेकले जिते १० लाख नगद छुट

काठमाडौं–हुन्डाई कार किन्दा धनगढीका अभिषेक चौधरीले १० लाख नगद छुट जितेका...

हुन्डाईले आधिकारिक रूपमा लन्च ग-यो इन्डोनेसियाली भर्सन क्रेटा फेसलिफ्ट

हुन्डाईले आधिकारिक रूपमा लन्च ग-यो इन्डोनेसियाली भर्सन क्रेटा फेसलिफ्ट

हुन्डाईले गायकिन्डो इन्डोनेसिया इन्टरनेशनल अटो शो २०२१ मा क्रेटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...