क्रेटा र सेल्टोस अब हाइब्रिड पावरट्रेनमा समेत आउने, पार्टपुर्जा भारतमै उत्पादन गर्ने

हुन्डाई र कियाले आफ्ना लोकप्रिय एसयूभी मोडल क्रेटा र सेल्टोसलाई हाइब्रिड पावरट्रेनमा समेत ल्याउने तयारी गरेका छन्।

रिपोर्टका अनुसार किया सेल्टोस हाइब्रिड सबैभन्दा पहिले भारतीय बजारमा लन्च गरिनेछ भने त्यसपछि हुन्डाई क्रेटा हाइब्रिड लन्च गरिनेछ। यी दुई मोडलले भारतीय बजारमा मारुती सुजुकी ग्राण्ड भिटारा र टोयोटा अर्बन क्रुजर हाइडरसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

कम्पनीले सो हाइब्रिड एसयूभीको पार्टपुर्जा भारतमै उत्पादन गर्ने योजना बनाएको बताइएको छ। दुबै गाडीमा १.५ लिटरको ४ सिलिन्डर पेट्रोल इन्जिनसँग शक्तिशाली इलेक्ट्रिक मोटर जोडिनेछ। यस्तो संयोजनका कारण यी गाडीले प्रतिलिटर करिब २५ किलोमिटरसम्म माइलेज दिन सक्ने अनुमान गरिएको छ।

हुन्डाई क्रेटा हाइब्रिडको डिजाइन हालको मोडलभन्दा ठुलो र मस्कुलर देखिनेछ । सो एसयूभीको लम्बाइ ४.५ मिटर, चौडाइ १.८ मिटर र उचाइ १.६ मिटर हुने अनुमान छ। यसको ह्विलबेस २.७ मिटर हुनेछ ।

फिचरका हिसाबले पनि क्रेटा हाइब्रिड निकै प्रिमियम हुने अपेक्षा गरिएको छ। गाडीभित्र ९.९ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.९ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र मेमोरी फङ्सनसहितको पावर ड्राइभर सिट जस्ता फिचर उपलब्ध हुनेछ । सेफ्टीका लागि ६ वटा एयरब्याग र २० भन्दा बढी एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम समावेश गरिनेछ।

यद्यपि कम्पनीले हालसम्म आधिकारिक रूपमा लन्च मिति घोषणा गरेको छैन । तर रिपोर्टअनुसार किया सेल्टोस हाइब्रिड सन् २०२७ को सुरुवाततिर र हुन्डाई क्रेटा हाइब्रिड सोही वर्षको मध्यतिर भारतीय बजारमा लन्च हुन सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिने तयारीमा रहेको हुन्डाई एक्सटरले जित्यो इन्डियन कार अफ द इयर अवार्ड

नेपाल भित्रिने तयारीमा रहेको हुन्डाई एक्सटरले जित्यो इन्डियन कार अफ द इयर अवार्ड

भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईकोटी) को विजेता हुन्डाई एक्सटर...

हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी सफरका लागि हिँडे तीनजना अटो ‘इन्थुजियास्ट’

हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी सफरका लागि हिँडे तीनजना अटो ‘इन्थुजियास्ट’

काठमाडौं– हुन्डाई गाडिको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

क्रेटा ईभीकै पावरट्रेनमा किया क्यारेन्स ईभी आउने

क्रेटा ईभीकै पावरट्रेनमा किया क्यारेन्स ईभी आउने

काठमाडौं–कियाले आफ्नो लोकप्रिय एमपिभी क्यारेन्सको फेसलिफ्ट भर्सन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...