१ महिनामै क्रेटा फेसलिफ्टले पायो ५१ हजार बुकिङ, सेल्टोसको ७ महिनामा १ लाख बढी

कोरियन अटो निर्माता हुन्डाई र कियाले भारतमा उत्पादन गरेको एसयुभी क्रेटा र सेल्टोस सर्बाधिक सफल मोडल बनेका छन् । यी दुबै एसयूभीको फेसलिफ्ट अहिले भारतमा लोकप्रिय बनेका हुन् ।

सेल्टोस फेसलिफ्ट लन्च भएको ७ महिना अबधीमा कियाले १ लाख बढी बुकिङ पाएको छ भने क्रेटा फेसलिफ्टले लन्च भएको एक महिनामै ५१ हजार यूनिट बुकिङ पाएको हो । यी दुबै एसयूभीमा १.५ लिटर इन्जिन जडान गरिएको छ । इन्जिन पेट्रोल, डिजेल र टर्बो पेट्रोल विकल्पमा उपलब्ध छ ।

यसअघि नेपाली बजारमा समेत लोकप्रिय बनेका क्रेटा र सेल्टोस अहिले भने ईभी क्रेजका कारण ओझेलमा परेका छन् । जसका कारण सेल्टोस फेसलिफ्ट भारतमा लन्च भएको ७ महिना वित्दा समेत नेपाल आउन सकेको छैन भने क्रेटा फेसलिफ्टलाई पनि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले तत्कालै ल्याइहाल्ने अबस्था देखिएको छैन ।

फेसलिफ्ट मोडलमा आएपछि यी एसयूभी पहिलेको भन्दा आकर्षक, फिचर लोडेड र सुरक्षित बनेका छन् । कम्पनीले यी दुबै एसयुभीमा एडास फिचर समेत दिएको छ ।

सम्बन्धित समाचारहरू

मेड इन इन्डिया कार निर्यातमा हुन्डाईको २५ वर्ष पुरा, ३७ लाख कार निर्यात

मेड इन इन्डिया कार निर्यातमा हुन्डाईको २५ वर्ष पुरा, ३७ लाख कार निर्यात

मेड इन इन्डिया निर्मित हुन्डाई कार निर्यात भएको २५ वर्ष पूरा भएको छ ।...

महिन्द्रालाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो हुन्डाई, ४० प्रतिशत हिस्सा सहित सुजुकी अग्र स्थानमा

महिन्द्रालाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो हुन्डाई, ४० प्रतिशत हिस्सा सहित सुजुकी अग्र स्थानमा

रिटेल सेल्समा हुन्डाई मोटर्सले महिन्द्रालाई पछि पारेको छ । गत महिना...

नयाँ भेन्युले पायो १ लाख बुकिङ, नयाँ भेरिएन्ट सार्वजनिक

नयाँ भेन्युले पायो १ लाख बुकिङ, नयाँ भेरिएन्ट सार्वजनिक

हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी भेन्युले भारतमा १ लाखभन्दा बढी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...