ग्राण्ड भिटरामा देखियो अत्याधिक क्रेज, २ महिनामा ५३ हजार वुक, गाडी हात पार्न ५ महिना कुर्नुपर्ने

मारुती सुजुकीले २ महिनाअघि सार्वजनिक गरेको ग्राण्ड भिटरामा भारतीय ग्राहकले अत्याधिक रुची देखाएका छन् । यसै महिनाको अन्तिममा मूल्य सहित औपचारिक लन्च हुने प्रतिक्षामा रहेको यो कम्प्याक्ट एसयूभी हालसम्म ५३ हजार युनिट वुक भैसकेको जनाइएको छ । हालको वुकिङलाई आधार मान्दा यसको केही भेरियन्टलाई हात पार्न ग्राहकले ५ महिनासम्म पर्खनुपर्ने देखिन्छ ।

कम्पनीका अनुसार यसको हाइव्रिड भर्सनलाई ग्राहकले अत्याधिक रुचाएका छन् । कुल वुक भएको गाडीको ४३ प्रतिशत अर्थात २३ हजार युनिट हाइव्रिड भर्सनको रहेको वताइएको छ । भिटरासहित व्रेजा, वलेनो र नयाँ अल्टोसहित भारतमा सुजुकी गाडी हात पार्न ४ लाख ग्राहक प्रतिक्षारत छन् ।

भारतीय बजारमा लन्च भएपछि नेपाल समेत आउने यो एसयुभीले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हाल कारोवार भैरहेका हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन र स्कोडा कुसाक लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।

यस्तो छ यो नयाँ एसयूभी
यो नयाँ एसयूभीमा १.५ लिटर के १५ सी इन्जिन जडान गरिएको हो । जसले १०३ एचपी पावर र १३६ एनएम टर्क जेनेरेट गर्दछ । ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भर्टर गियरबक्स दिएको ग्रान्ड भिटरामा इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान गरिएको छ । यो हाइब्रिड इन्जिनको संयुक्त पावर ११४ बीएचपी र टर्क १४१ एनएम रहेको छ । हाइव्रिड इन्जिका कारण यसको माइलेज समेत उच्च छ । ग्रान्ड भिटराले २८ किलोमिटर माइलेज दिने दावी गरिएको छ ।

यो एसयूभीमा ४० भन्दा बढी कनेक्ट फिचर सहितको ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र फुल्ली डिजिटल इन्स्ट्रयुमेन्टर क्लस्टर पाउन सकिन्छ । टप भेरियन्टमा अगाडि दुबै सिटमा भेन्टीलेटेड सिट छ भने ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा, वायरलेस चार्जर, डिभाइस लेफ्ट अलर्ट सिस्टम पनि पाउन सकिन्छ । भिटरामा पनारोमिक सनरुफ समेत दिइएको छ ।

६ वटा एयरव्याग दिइएको यो एसयूभीमा इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ सिस्टम र चारवटै चक्कामा डिसब्रेक दिइएको छ । साथै, चालकको सहजताका लागि हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा उपलब्ध छ । यसको मूल्य ११ देखी १८ लाख भारुसम्म कायम हुनसक्ने अनुमान लगाइएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकी मोटरसाइकल र स्कुटर : तीन मोडलमा २ हजार र एक मोडलमा ७ हजार रुपैयाँ बढ्यो मूल्य

सुजुकी मोटरसाइकल र स्कुटर : तीन मोडलमा २ हजार र एक मोडलमा ७ हजार रुपैयाँ बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा सुजुकी मोटरसाइकल र स्कुटरको केही मोडलमा मूल्य...

सुजुकी गाडी किन्दा २ लाख ५० हजार सम्म छुट

सुजुकी गाडी किन्दा २ लाख ५० हजार सम्म छुट

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले ‘ह्यापी...

हाइब्रिड इन्जिनसहित आउँदै नयाँ पुस्ताको मारुती सुजुकी वागन आर

हाइब्रिड इन्जिनसहित आउँदै नयाँ पुस्ताको मारुती सुजुकी वागन आर

मारुती सुजुकीले आफ्नो ह्याचब्याक गाडी वागन आर हाइब्रिड इन्जिनमा ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...