व्यवसायी पौडेल भन्छन् – यसरी गर्न सकिन्छ पेट्रोलियम गाडीलाई इलेक्ट्रिकमा रुपान्तरण

सरकारले प्रस्तुत गरेको बजेटमार्फत पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गरेमा ५ वर्ष सम्म सडक निर्माण तथा सम्भार दस्तुर र नवीकरण शुल्क छुट दिने घोषणा गरेको छ । यो घोषणासँगै कसरी यस्ता सवारी साधनलाई इलेक्ट्रिकमा रुपान्तरण गर्न सकिन्छ भन्ने चासो समेत शुरु भएको छ ।

पहिले पनि केही कम्पनीहरुले आफ्नै तरिकाले यसरी सवारी साधनलाई इलेक्ट्रिकमा रुपान्तरण गरेका थिए । दीगो, अटो होस्ट आदि इलेक्ट्रिक सवारी आयातकर्ता कम्पनीहरुले यसतर्फ कार्य गरिरहेका थिए । त्यसैगरी महावीर पुनद्वारा संचालित राष्ट्रिय आविस्कार केन्द्रले पनि यसतर्फ कार्य प्रारम्भ गरेको थियो । केही संख्यामा यस्ता कारहरु अहिले पनि नेपाली सडकमा गुडिरहेका पाइन्छन् ।

कुनै पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई इलेक्ट्रिक बनाउनका लागि सबैभन्दा पहिले त्यसको इन्जिन र गियरबक्स आदि निकालेर इलेक्ट्रिक गाडीको कम्पोनेन्ट राख्नु पर्ने हुन्छ । यसका लागि इलेक्ट्रिक गाडीमा प्रयोग हुने ब्याट्री, मोटर, कन्ट्रोलरका साथै वायरिङ र हार्नेस आदि फिट गर्नुपर्छ ।

गाडीको डाइमेन्सन र ग्राहकको डिमान्ड अनुसार इलेक्ट्रिक कम्पोनेन्ट फिट गर्न सकिन्छ । ग्राहकले चाहे अनुसारको रेन्ज दिने ब्याट्री र मोटर फिट गर्न सकिन्छ ।

सामान्यतः हाल प्रचलित अल्टो लेवलको गाडीको एउटा उदाहरण लिन सकिन्छ । यस्ता गाडीमा रेटेड पावर १० किलोवाटको मोटर र पछाडितिर पिक पावर भनेको २० किलोवाट परआवरको मोटर प्रयोग हुन्छ । यो अवस्थामा १८० देखि २०० किलोमिटर सम्मको रेन्ज दिने गाडी बनाउनका लागि २२ किलोवाट परआवरको ब्याट्री प्रयोग हुन्छ ।

अनुमानित मूल्य
अटो होस्टका म्यानेजिङ डाइरेक्टर नवराज पौडेलका अनुसार यसरी इलेक्ट्रिक गाडीमा परिवर्तन गर्दा पहिलेको अवस्थामा करिव १० लाख देखि १२ लाख रुपैयाँ खर्च हुने गरेको थियो । आगामी दिनमा ब्याट्री, मोटर र कम्पोनेन्टहरुमा छुट दिएको खण्डमा यो भन्दा सस्तो पनि पर्न सक्छ ।

यद्यपि गाडीको मोडल अनुसार यो भन्दा बढी पनि पर्छ । अटो होस्टले केही समय पहिले बतास अर्गनाइजेसनको अनुरोधमा १९५२ को डज भिन्टेज कारलाई कन्भर्सन गर्नका लागि इस्टिमेट गरेको र त्यसका लागि करिव २२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

साना गाडीका लागि उपयुक्त
हाल सानो सीसी क्षमताका गाडीलाई यसरी इलेक्ट्रिकमा परिवर्तन गर्न सकिन्छ । खासगरी टाटा नानो जस्ता गाडी हाल त्यत्तिकै बसिरहेको अवस्थामा यस्ता गाडीलाई पनि प्रयोग गर्न सकिन्छ । मारुती ८००, वागनआर जस्ता मोडललाई परिवर्तन गर्न सकिन्छ ।

हाल सम्म अटो होस्टले यसरी रुपान्तरण गरेका दुई वटा गाडीहरु सडकमा गुडिरहेका छन् । एउटा पनि अन्तिम तयारी अवस्थामा पुग्नै लागेको छ । यी गाडीहरु अहिले पनि राम्रो कन्डिसनमा छन् र अर्को गाडी समेत तान्न सक्ने अवस्थामा छन् ।

वारेन्टी समेत उपलब्ध
इलेक्ट्रिक गाडी जस्तै यसरी रुपान्तरण गरिएका गाडीमा पनि कम्पनीहरुले वारेन्टी दिन सक्छन् । अटो होस्टका म्यानेजिङ डाइरेक्टर नवराज पौडेल भन्छन्, ‘इलेक्ट्रिक गाडी जस्तै यसको ब्याट्री, मोटर र कम्पोनेन्टमा वारेन्टी उपलब्ध गराउछौ । ब्याट्रीमा ५ वर्षको वारेन्टी हुन्छ । सामान्य अवस्थामा ३ वर्षको वारेन्टी उपलब्ध गराएको पाइन्छ । तर हामीले बरु गुणस्तरीय ब्याट्री उपलब्ध गराएर बरु अलि बढी मूल्य लिएरै भए पनि ५ वर्षको वारेन्टी दिने गरेका छौ । मोटर र कन्ट्रोलरमा १ वर्षको वारेन्टी हुन्छ ।’ कतिपय कम्पनीहरुले मोटरमा ३ वर्ष सम्म वारेन्टी पनि दिने गरेका छन् ।

अटो होस्टले पनि यसरी गाडीहरुलाई इलेक्ट्रिकमा रुपान्तरण गर्नका लागि सबै पूर्वाधार तयार गरेको छ । यो कार्यको स्वीकृति लिनका लागि अन्तिम तयारी अवस्थामा छ ।

पहिले यसरी गाडीहरुलाई रुपान्तरण गरेर चलाउनका लागि आवश्यक स्वीकृति दिने व्यवस्था थिएन । गाडीधनीहरुले आफ्नै तरिकाले रुपान्तरण गरी कर तिरेर चलाउने गरेका थिए । अब सरकारको नयाँ नीतिले भने यसमा सहज भएको छ ।

तर यो कार्यका लागि विशेष मापदण्ड निर्माण गर्नु आवश्यक छ । रोड सेफ्टी र अन्य विभिन्न पक्षलाई समेत मनन गरी सरकारले एउटा टिमको निर्माण गर्नेछ । अटोमोबाइल व्यवसायी र गाडीधनीहरु समेत यसका लागि हौंसिएका छन् ।

सम्बन्धित समाचारहरू

मलेसियाको नम्बर वान बीईभी अब इन्डोनेसियामा बन्यो टप १० बेस्ट सेलिङ कार, नेपाल भित्रिदै

मलेसियाको नम्बर वान बीईभी अब इन्डोनेसियामा बन्यो टप १० बेस्ट सेलिङ कार, नेपाल भित्रिदै

नेपाली बजारमा औपचारिक रुपमा भित्रिने तयारीमा रहेको बीवाईडी एम६ मलेसियामा...

नाडा अटो शो २०२५ मा टाटाका ईभी बुकिङ गर्दा लाइफ टाइम चार्जिङ निःशुल्क हुने

नाडा अटो शो २०२५ मा टाटाका ईभी बुकिङ गर्दा लाइफ टाइम चार्जिङ निःशुल्क हुने

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा आज देखि प्रारम्भ भएको नाडा अटो शो २०२५...

दशैं–तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

दशैं–तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

काठमाडौं – देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीबाट दशैं, तिहार र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...