सचेतनाका लागि १ लिटर कन्ट्रोल लुब्रिकेन्ट बिक्रीवापत १ रुपैयाँ सहयोग गरिने

काठमाडौं – कन्ट्रोल लुब्रिकेन्ट्सले स्तन क्यान्सरविरुद्धको सचेतनाका लागि सहयोग गर्ने भएको छ । स्वदेशमै उत्पादन हुने लुब्रिकेन्ट कन्ट्रोलले हरेक १ लिटर लुब्रिकेन्टको बिक्रीबाट प्राप्त हुने रकमबाट उक्त अभियानलाई १ रुपैयाँ सहयोग गर्ने बताएको छ ।

सो अभियानले महिलाहरुको मेडिकल चेकजाँचमा पहुँच बढाएर स्तन स्तन क्यान्सर सम्बन्धी सचेतना फैलाउन सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ । यसरी जम्मा गरिएको रकम मेमोग्रामका लागि छानिएका क्लिनिकहरुलाई सहयोगस्वरुप प्रदान गरिने कम्पनी स्रोतको भनाइ छ ।

फुजिमा आयल कम्पनीले विगत लामो समयदेखि विराटनगरमा कन्ट्रोल लुब्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको छ । कन्ट्रोलले अटोमोटिभमा प्रायः सबै प्रकारका सवारीसाधनमा प्रयोग हुने र इन्डस्ट्रियलमा समेत प्रायः सम्पूर्ण रेन्जका लुब्रिकेन्ट उत्पादन गरी बिक्री–वितरण गर्दै आइरहेको छ ।

स्वदेशी उत्पादनमध्ये सर्बाधिक खपत हुने दाबी गरिएको यो लुब्रिकेन्टको बजार वार्षिक ३ हजार किलोलिटर अर्थात ३० लाख लिटर हाराहारीमा छ । जसबाट यो अभियानमा बार्षिक ३० लाख हाराहारी रकम संकलन हुने देखिन्छ ।

सम्बन्धित समाचारहरू

सर्भो लुब्रिकेन्टको नेपालमा उत्पादन सुरु

सर्भो लुब्रिकेन्टको नेपालमा उत्पादन सुरु

काठमाडौं–नेपाली बजारमा सर्बाधिक खपत हुने लुब्रिकेन्ट ब्रान्ड सर्भो...

सर्बोले ल्यायो स्कुटरका लागी छुट्टै इन्जिन आयल स्कुटोमेटिक ४एसटी

सर्बोले ल्यायो स्कुटरका लागी छुट्टै इन्जिन आयल स्कुटोमेटिक ४एसटी

सर्बो लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड...

दिब्योल लुब्रिकेन्ट्सको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न, नेपालमै उत्पादन थालिएको घोषणा

दिब्योल लुब्रिकेन्ट्सको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न, नेपालमै उत्पादन थालिएको घोषणा

काठमाडौं– दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...