कनेक्टेड कार टेक्नोलोजी : स्मार्ट ड्राइभिङको नयाँ युग र यसका अपार फाइदाहरू

आजकाल कारहरू केवल यात्राको साधन मात्र होइनन्, संसारसँग जोडिने स्मार्ट डिभाइस पनि बनेका छन्। हुन्डाई र एमजी जस्ता कम्पनीहरूले २०१९ मै कनेक्टेड टेक्नोलोजी ल्याएका थिए, जसले सस्ता देखि महँगा कारहरूमा पनि यी फिचर सामान्य बन्दैछन्। यसले ड्राइभिङ अनुभव सुधार्नुका साथै सुरक्षा र सुविधा पनि बढाउँछ।

कनेक्टेड कार टेक्नोलोजी भनेको इन्टरनेट र क्लाउड नेटवर्कसँग जोडिएको स्मार्ट सवारी साधन हो। जसरी स्मार्टफोन इन्टरनेटमार्फत संसारसँग जोडिन्छ, त्यसरी नै यस्ता कारहरू पनि अनलाइन सिस्टमसँग निरन्तर सम्पर्कमा रहन्छन्। यही कारणले धेरैले यसलाई ‘पाङ्ग्रामा गुड्ने स्मार्टफोन’ समेत भन्न थालेका छन्। नयाँ कार किन्ने हो भने यी सुविधाहरूमा विशेष ध्यान दिनुपर्छ ।

यी टेक्नोलोजीका फाइदाहरू असंख्य छन्। स्मार्टफोन एपबाट कार लक-अनलक गर्न, इन्जिन बन्द गर्न वा एसी चलाउन सकिन्छ। ई कल सिस्टममार्फत दुर्घटना वा इमर्जेन्सी अवस्थाको जानकारी कारले अटोमेटिक रूपमा उद्धार सेवा र परिवारका सदस्यलाई पठाउन सक्छ। चोरी भएको अवस्थामा कारलाई टाढैबाट ट्र्याक गर्न र इन्जिन लक गर्न सकिने सुविधा पनि उपलब्ध हुन्छ।साथै, कारको लाइभ लोकेसन ट्र्याक गर्न सकिने भएकाले सुरक्षा पक्ष पनि थप मजबुत बनेको छ।

कनेक्टेड कारमा उपलब्ध आधुनिक इन्फोटेनमेन्ट सुविधाले यात्रालाई अझ रमाइलो बनाएको छ। वास्तविक समयको ट्राफिक अपडेट, पार्किङ उपलब्धताको जानकारी तथा कारभित्रको वाइफाइ हटस्पटले यात्रुहरूलाई सहज इन्टरनेट सुविधा प्रदान गर्छ। भ्वाइस कमाण्डमार्फत संगीत, फोन कल र नेभिगेसन कन्ट्रोल गर्न सकिने भएकाले ड्राइभिङ थप सहज र सुरक्षित हुन्छ।

त्यसैगरी, कारको इन्जिन, टायर वा अन्य प्राविधिक समस्याबारे समयमै सूचना प्राप्त हुने भएकाले मर्मतसम्भार पनि सहज बन्दै गएको छ। मोबाइल फोनमा जस्तै इन्टरनेटमार्फत कारको सफ्टवेयर अपडेट गर्न सकिने भएकाले सेवा केन्द्र पुग्नुपर्ने झन्झटसमेत कम भएको छ।

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री मोदीले चढेका सी जिनपिङ र पुटिनका कारमा के छ विशेषता?

प्रधानमन्त्री मोदीले चढेका सी जिनपिङ र पुटिनका कारमा के छ विशेषता?

प्रधानमन्त्री नरेन्द्र मोदी हाल चीनको दुई दिने भ्रमणमा छन्। सांघाई सहयोग...

एनपीएल २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ

एनपीएल २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ

काठमाडौं – नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन...

के हो एन्ड्रोइड डिजिटल कार की ? स्मार्ट फोनबाट कसरी खुल्छ कार ? जान्नुहोस्

के हो एन्ड्रोइड डिजिटल कार की ? स्मार्ट फोनबाट कसरी खुल्छ कार ? जान्नुहोस्

एन्ड्रोइड डिजिटल कार की आजको डिजिटल कार प्रविधिको उत्कृष्ट उदाहरण हो ।  सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...