नुवाकोटमा सीएफमोटो र जिहोको शोरुम विस्तार, काठमाडौंबाट राइडर पुगे साततले दरवार
काठमाडौं – सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं – सरकारले आज प्रस्तुत गरेको चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत अटोमोबाइल क्षेत्रका लागि समेत विभिन्न व्यवस्थाहरु गर्ने भएको छ ।
विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन बनाउन सहुलियतपूर्ण कर्जा पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन बनाउन सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको हो ।
सरकारले बजेट मार्फत विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । सोही नीति कार्यान्वयन गर्न राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको हो ।
सहुलियत पूर्ण कर्जा लिँदा सरकारले ५ प्रतिशतसम्म ब्याज अनुदान दिने व्यवस्था छ । यो सँगै संस्थाहरूलाई पुनर्कर्जाको सदुपयोग गरि देशका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि आवश्यक पर्ने चार्जिङ स्टेसन निर्माण गर्ने मद्दत पुग्ने उल्लेख गरिएको छ ।
त्यसैगरी सवारीसाधन खरिदगरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गरिने भएको छ ।
ऋणी स्वयं स्वरोजगार हुनेगरी सवारीसधान खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ । बैंकहरुले ५ प्रतिशत व्याजदरमा विपन्न वर्ग कर्जा प्रवाह गर्दै आइरहेका छन् ।
त्यसैगरी कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप दुई लाख रुपैयाँ सम्मको ऋण दिने व्यवस्था गरिएको छ ।
काठमाडौं – सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक...
होन्डाले चीनको साङ्घाईमा भएको चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपोमा नयाँ...
काठमाडौं– इलेक्ट्रिक स्कुटर याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...