गाडी र मोटरसाइकलको डिलरसिप खोस्न होडबाजी, ११ बर्षमा खोसिए ११ ब्रान्डको डिलरसिप

गाडी र मोटरसाइकलको कारोबारमा नयाँ ठूला व्यवसायीक घरनाको रुची बढ्न थालेपछि पछिल्लो सयम यो क्षेत्रमा डिलसिप खोस्न होडबाजी नै चलेको छ । सन् २०११ मा शंकर ग्रुप अन्तर्गतको एसजी ग्लोबलले महिन्द्रा टु ह्विलरको डिलरसिप श्रेष्ठ इन्टरनेश्नलबाट खोसेपछि सुरु भएको यो होडबाजीको पछिल्लो शिकार रोयल इन्फिल्ड बनेको छ । ११ बर्षको यो अबिधीमा ११ वटै ठूला ब्रान्डको डिलर परिवर्तन भएका छन् ।

निर्माण सामाग्रीको उत्पादनमा केन्द्रित रहँदै आएको शंकर ग्रुपले महिन्द्रा टु ह्विलरको डिलर लिएसंगै अटोमोवाइल व्यवसायमा उसको इन्ट्रि भएको थियो । हाल यो समुहसंग टिभिएस सहित केस तथा जुमोलाइन हेभी इक्विपमेन्ट, प्रोटोन, जेएमसी, र मर्सिडिज बेन्ज समेत गरी कुल ६ वटा ब्रान्डको डिलरसिप रहेको छ । जसमध्ये केस ब्रान्डको इक्विपमेन्टलाई समेत उसले त्यसअघिको बिक्रेता फोर्स कन्स्ट्रक्सनलाई हटाएर आफू मातहत लिएको हो ।

सन् २०१३ मा विशाल ग्रुपले गणेश इन्टरप्राइजेजबाट सुजुकीको डिलर खोसेको २ वर्षपछि अर्थात सन् २०१५ मा शंकर ग्रुपले चौधरी ग्रुपबाट टिभिएसको डिलरसिप खोसेको थियो । लामो समयदेखी बिक्री गर्दै आइरहेको चौधरी ग्रुप अन्तर्गतको एआईटी प्रालिबाट शंकर ग्रुपले यो ब्रान्डको डिलरसिप खोसेपछि अहिले पनि यी दुई घरनाबिच एक प्रकारको कर्पोरेट वार नै चलिरहेको छ ।

डिलसिप खोसिने यो क्रमले निरन्तरता पाउँदै जाने क्रममा सन् २०१७ मा शारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले दुगड ग्रुपबाट निशानको डिलसिप खोस्न पुग्यो । ३० वर्षसम्म निशान गाडीको कारोबार गरिरहेको दुगडले यो ब्रान्डको डिलरसिप गुमाउनु परेको पिडाको बदलामा डि लाइफ स्टायलबाट भेस्पा र अप्रिलया स्कुटरको डिलरसिप खोसेको थियो । दुगडले पहिलेदेखी नै पियाजिओ ब्रान्डको थ्रि ह्विलर आयत गरी कारोबार गरिरहेका कारण उसलाई सोही ग्रुप अन्तर्गतको भेस्पा र अप्रिलिया ब्रान्डलाई आफू मातहत ल्याउन खासै कसरत गर्नु परेन ।

यसैगरी सन् २०१८ मा बिशाल ग्रुप समेत संलग्न रहेको पारापाउन्ट मोटर्सले एसएलआर टेक्नो एन्ड ट्रेडबाट एमजी ब्रान्डको डिलरसिप खोस्यो । गाडीको कारोबारमा खासै अनुभव नभएको एसएलआरले डिलरसिप खोसिने पक्कापक्कि भएपछि समझदारी गरेर आफ्नो सबै स्टक पारामाउन्ट मोटर्सलाई बिक्री गरेको थियो ।

एमजीको डिलरसिप लिएको २ बर्ष पछि अर्थात सन् २०२० मा यो कम्पनीले अर्को जापनिज ब्रान्ड माज्दाको डिलरसिप पद्यमश्री ग्रुपबाट खोसेर आफू मातहत ल्यायो । सोही बर्ष सिप्रद्धीले कारोबार गर्दै आइरहेको टाटा हिटाचीको डिलरसिप दुगड समुहले आफू मातहत ल्याउँदा त्यसको ठिक २ बर्षपछि उसले रोयल इन्फिल्डको डिलरसिप गुमाउनु परेको छ । यससंगै रोयल इन्फिल्डको नयाँ बिक्रेताका रुपमा अटोमोबाइल व्यवसायमा यसअघि कुनैपनि अनुभव नभएको अर्को ठूला व्यापारिक घरना त्रिबेणी ग्रुप नियुक्त भएको छ ।

सम्बन्धित समाचारहरू

सेकेन्ड ह्यान्ड बाइक बिक्री गर्न रोयल इन्फिल्डको छुट्टै नयाँ कम्पनी

सेकेन्ड ह्यान्ड बाइक बिक्री गर्न रोयल इन्फिल्डको छुट्टै नयाँ कम्पनी

रोयल इन्फिल्डले आफ्नो ब्राण्डको सेकेन्ड ह्यान्ड मोटरसाइकल बिक्री गर्न...

सबैभन्दा महंगो बाइक बन्यो ११५ वर्ष पुरानो हार्ले डेभिडसन बाइक

सबैभन्दा महंगो बाइक बन्यो ११५ वर्ष पुरानो हार्ले डेभिडसन बाइक

हालै हार्ले डेभिडसनको दुर्लभ बाइक लिलामी भएको छ, जुन किन्न ग्राहकहरुबीच...

हार्टफोर्डको वेबिनार सम्पन्न : सहभागीहरुले पाए घरैमा बाइक सर्भिसिङ गर्ने टिप्स

हार्टफोर्डको वेबिनार सम्पन्न : सहभागीहरुले पाए घरैमा बाइक सर्भिसिङ गर्ने टिप्स

काठमाडौं – लामो निषेधाज्ञा वा लकडाउनको समयमा धेरै बाइकहरु घरैमा थन्किएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...