१९ सवारी साधन बिक्री गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो नाममा दर्ता...
बजारमा ईभीको माग बढेसँगै बैंकहरुले कर्जा प्रवाहलाई समेत खुकुलो बनाउन थालेका छन् । कम्वस्चन इन्जिनयुक्त गाडीमा अझैपनि कर्जा प्रवाह सहज नभएपनि विद्युतीय कारमा भने केही वाणिज्य बैंकले प्रतिस्पर्धी ब्याज दरमै अटो लोन दिन थालेका हुन् । यसक्रममा विद्युतीय गाडी आयात गर्ने केही कम्पनीहरुले बैंकसँग सम्झौता समेत गरिसकेका छन् भने अन्य कम्पनीहरु समेत कम ब्याजदरमा ईभी बिक्री गर्नेगरी बैंकसँग छलफल गरिरहेका छन् ।
ईभीमा बैंकहरुले ८० प्रतिशतसम्म फाइनान्स गर्दै आइरहेका कारण यस्ता कार खरिद गर्ने ग्राहकलाई डाउनपेमेन्ट वापत भुक्तानी गर्नुपर्ने २० प्रतिशत रकम जुटाउन समेत सहज वनेको छ । नेपाली बजारमा सर्बाधिक बिक्री हुने टाटाको ईभीमा सरल ब्याजदरमा सहज फाइनान्स सुविधा उपलब्ध गराउने गरी नविल र एभरेष्ट बैंकसँग सम्झौता गरिएको छ भने हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पनि ग्लोवल आइएमई र नविल बैंकसँग सम्झौता गरिसकेको छ ।
टाटाको आधिकारिक वितरक सिप्रदीले गरेको सम्झौता अनुसार टाटाको नेक्सन र टिगोर ईभी खरिदमा नविल बैंकले सात वर्षका लागि ८० प्रतिशतसम्म फाइनान्स गर्नेगरी १२.९९ प्रतिशत ब्याजदरमै अटोलोन दिने सहमति भएको छ । यसैगरी अर्को बैंक एभरेष्टले पनि यी गाडीको खरिदमा १२.८ प्रतिशत व्यादरमा ७ वर्षसम्ममा भुक्तानी गरिसक्नुपर्ने शर्तमा ८० प्रतिशतसम्म लोन दिने सहमति जनाएको छ ।
कोरियन ब्रान्ड हुन्डाईको कोना र आयोनिक ५ खरिदमा कर्जा प्रवाह गर्न आयातकर्ता कम्पनी लक्ष्मी इन्टरकिन्टनेन्टल प्रालिले ग्लोबल आइएमई र नविल बैंकसँग सम्झौता गरेको छ । ग्लोवल आइएमइसँग ब्याजदर उल्लेख नगरिकन सहमति गरिएको उक्त सम्झौता अनुुसार हुन्डाईका यी ईभीमा तीन दिनभित्रै कर्जा प्रवाह भैसक्ने सहमति भएको हो । यसैगरी नविलले भने १२.९९ प्रतिशत ब्याजदरमै यी गाडीको खरिदमा अटोलोन प्रवाह गर्नेछ ।
ईभी विक्रीमा आक्रामक देखिएका अन्य व्रान्ड बीवाईडी, नेटा र एमजी लगायतले पनि अवको केही दिन भित्रै प्रतिस्पर्धी ब्याजदरमा कर्जाको सुविधा दिनेगरी विभिन्न बैंकसँग सहमति गर्ने तयारी थालेका छन् । यी कम्पनी स्रोतका अनुसार अहिले बैंकहरुसँग ब्याजदरका विषयमा छलफल भैरहेको छ ।
राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लोन प्रवाहलाई कडाई गर्न निर्देशन दिएसँगै विगत १० महिनायता वाणिज्य बैंकहरुले अटोलोनमा कडाई गर्दै आइरहे पनि ईभीको खरिदमा भने सहजै कर्जा उपलब्ध हुँदै आइरहेको छ । ईभीमा बैंकहरुले १५ प्रतिशतसम्म ब्याज लिएर लोन दिँदै आएका छन् । ईभीको प्रवद्र्धनमा राज्यस्तरबाटै पहलकदमी भएका कारण पनि कम्वस्चन इन्जिनमा जस्तो यसमा लोन लिन कठिन वनेको पाइदैन ।
काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो नाममा दर्ता...
काठमाडौं – नयाँ सवारी साधन किन्नका लागि अन्य बैंक जस्तै एभरेष्ट बैंकले पनि...
काठमाडौं – नेपाल बैंक लिमिटेड र हुन्डाई गाडीकाे नेपालका लागि आधिकारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...