यी कम्पनीले भित्र्याउछन् सवारीसाधनमा प्रयोग हुने ब्याट्री, बार्षिक कारोबार ५ अर्ब माथी

ब्याट्रीको बजार दिनप्रतिदिन फराकिलो बन्दै गएका कारण यस व्यवसायमा लगानी गर्ने व्यवसायीको संख्या समेत बढ्न थालेको छ । हाल नेपाली बजारमा २ दर्जन बढी ब्रान्डका ब्याट्री आयात हुने गरेका छन् । जसको कारोबार बार्षिक ५ अर्बमाथी रहने गरेको व्यसायीको भनाई छ । बजारमा अहिले सवारीसाधनमा प्रयोग हुने अटोमोटिभ, टु–ह्विलर र इ–रिक्सा ब्याट्री उपलब्ध छन् भने इन्भर्टर र सोलार ब्याट्रीको समेत कारोबार हुँदै आइरहेको छ ।

लामो समयदेखि ब्याट्री बजारको नेतृत्व गर्न सफल एक्साइड ब्याट्रीलाई सिप्रदी टे«डिङले आयात गर्दै आएको छ । यो भारतमा उत्पादित ब्याट्री हो । नेपाली ब्याट्री बजारमा एक्साइड सर्वाधिक लोकप्रिय र ग्राहकको पहिलो रोजाइमा पर्ने ब्याट्रीका रुपमा चिनिन्छ । यो ब्रान्डको ब्याट्री अटोमोटिभ, मोटरसाइकल, ट्युबलर र सोलार गरी सम्पूर्ण रेन्जमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

नेपाली बजारमा अर्को नाम चलेको ब्याट्री एम्रोनलाई अटो पार्ट्स इन्टरनेसनलले कारोबार गर्दै आएको छ । उसले हाल मोटरसाइकल र अटोमोटिभ ब्याट्रीको मात्र काराबार गर्ने गरेको छ । एक्साइडकै अर्को उत्पादन एसएफ सोनिकलाई विगत एक दशकदेखि शिवाको अटो ट्रेडिङले कारोबार गर्दै आएको छ । एसएफ सोनिकका मोटरसाइकल, अटोमोटिभ र ट्युबलर गरी सम्पूर्ण रेन्जका ब्याट्री उपलब्ध छन् ।

टाटा ग्रिन ब्याट्रिलाई लक्ष्मी ग्रुप र केके इम्पेक्सले आयत गरी कारोबार गर्दै आइरहेको छ । यो ब्याट्रि पनि भारतबाटै आयत गरिन्छ । पछिल्लो समय बिभिन्न ब्रान्डका सवारीसाधनमा टाटा ग्रिन ओइएम लागेर आउने गरेको छ । त्यसैले बजारमा यसको लोकप्रियता समेत बढ्दै गएको बताइन्छ ।

त्यसैगरी एसडीआई अटोमोबाइल्सले मिन्डा, सत्यदिप इन्टरनेश्नलले केज, एसटिसी ग्रुपले हिटाची र बोल्ट, बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुङ्गा इन्टरप्राइजेजले ग्लोब्याट र डेल्टा, मिडास ग्रुपले लिभगार्ड, पावर प्वाइन्ट प्रालिले लिभफास्ट, अवाई अटोले थ्रीके, नेपाल ल्युब आयल लिमिटेडले गल्फ, बिरसिं अटोले एमट्रेक र आरएसके ट्रेड कन्सर्नले एचवाईबी एमएफ ब्याट्री आयात गरिरहेका छन् ।

यी ब्याट्रीका अतिरिक्त बजारमा रकेट, युवासा, सोलाइट, फुरुकावा, पानासोनिक, सुकाम, स्टारप्लस, अप्टस, लगायत अन्य थुप्रै ब्रान्डका ब्याट्रीलाई समेत व्यवसायीले विभिन्न देशबाट आयात गरी बिक्री–वितरण गर्दै आएका छन् । एसियन, कुलायन र जेबी जस्ता ब्रान्डले नेपालमै ब्याट्री उत्पादन थालेपनि बजार नपाएपछि खासै चर्चामा रहको पाइदैन । यसका बावजुत पनि केही नयाँ ब्यवसायीले भने थप ब्रान्डका ब्याट्री उत्पादन गर्ने गरी स्वदेशमै प्लान्ट समेत निर्माण गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

आयल ल्युब सिस्टम (ओएलएस) भारतको फरिदावादमा अवस्थित प्रसिद्ध अटोमोटिभ...

एईसी उत्सवमा गरियो एईसी बेयरिङको चर्चा

एईसी उत्सवमा गरियो एईसी बेयरिङको चर्चा

काठमाडौं – नेपाली बजारमा भारतको प्रतिष्ठित बेयरिङ निर्माता कम्पनी अस्टिन...

हेलमेटको एक्स्पायर डेट कति हुन्छ ? हेलमेट कहिले परिवर्तन गर्नुपर्छ ?

हेलमेटको एक्स्पायर डेट कति हुन्छ ? हेलमेट कहिले परिवर्तन गर्नुपर्छ ?

हेलमेट ट्राफिक नियमको अत्यावश्यक अंग भए पनि सेफ्टीका लागि यो झनै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...