कम्प्याक्ट एसयूभीमा प्रतिस्पर्धा गर्न नेपाल आउँदै नयाँ क्रेटा र ग्रान्ड भिटारा, यस्तो छ भिन्नता

प्यासेन्जर कार सेग्मेन्टमा कडा प्रतिस्पर्धा गरिरहेका सुजुकी र हुन्डाईबीच निकट भविष्यमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । हुन्डाईले यो सेग्मेन्टमा क्रेटालाई उतारेर आफ्नो दवदवा कायमै गरिरहेको अवस्थामा सुजुकीले पहिलोपटक ग्रान्ड भिटारालाई उतार्न लागेको हो ।

कोभिड महामारीका कारण चिप अभावको समस्या झेल्दै आएको कोरियन अटो निर्माता कम्पनी हुन्डाईले माग वमोजिम क्रेटालाई नेपाल पठाउन सकिरहेको थिएन । यस्तोमा नेपालस्थित आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २०२३ मोडलको नयाँ क्रेटा नेपाल ल्याउन तयारी थालिसकेको छ । नयाँ क्रेटा पेट्रोल इन्जिनमा ६ वटा भेरिएन्ट सहित नेपाल आउने तयारीमा रहेको वताउँदै कम्पनीले मूल्य समेत सार्वजनिक गरिसकेको छ । नयाँ क्रेटाको मूल्य ५२ लाख ५६ हजारदेखि ७८ लाख ९६ हजार रुपैयाँसम्म तोकिएको हो ।

उता आयात प्रतिवन्धका कारण नेपाल आउन रोकिएको ग्रान्ड भिटारालाई छिट्टै लन्च गर्नेगरी आधिकारिक विक्रेता सिजी मोटोकर्पले यो नयाँ एसयूभीको बुकिङ खुल्ला गरेको छ । ५० हजार रुपैयाँ लिएर बुकिङ लिन थालिएको यो एसयूभी माइल्ड हाइब्रिड इन्जिनसहित नेपाल आउन लागेको हो । जसमध्ये भिटाराको अल्फा भेरिएन्ट अहिले शोरुममा उपलब्ध छ । कम्पनीले यसको मूल्य सार्वजनिक गरिनसके पनि अनुमानित ८० लाख हाराहारी पर्ने जनाइएको छ ।

इन्जिन र पावरमा भिन्नता
पेट्रोल, डिजेल र टर्वो पेट्रोल गरी कुल तीन इन्जिन अप्सनमा उत्पादन हुँदै आएपनि नयाँ क्रेटा पेट्रोल इन्जिनमा मात्र नेपाल आउनेछ । यसैगरी माइल्ड र स्ट्रङ हाइव्रिड इन्जिनमा उत्पादन हुँदै आएको ग्रान्ड भिटाराको पनि तत्काल माइल्ड हाइब्रिड इन्जिन मात्र उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।

१.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनका साथ नेपाल आउन लागेको नयाँ क्रेटाको पावर ११५ पीएस र टर्क १४४ एनएम रहेको छ । यसैगरी १.५ लिटरमै माइल्ड हाइब्रिड इन्जिनका साथ आउने तयारीमा रहेको ग्रान्ड भिटाराको पावर १०३ पीएस र टर्क १३६.८ एनएम रहेको छ ।

सुजुकीले यो एसयूभीमा इन्जिनका साथै ड्युअल ब्याट्री सेटअप पनि दिएको छ । सो ब्याट्रीले शुरुमा इन्जिन चल्दा वा एक्सिलरेसन बढाउने बेलामा पिकअप लिन सहयोग गर्छ । यसका कारण गाडीको माइलेज बढाउन र प्रदूषण कम गर्न सहयोग गर्छ । ब्याट्री सेटअप भए पनि यसलाई छुट्टै ब्याट्रीबाट मात्रै भने चलाउन सकिदैन ।

फिचरमा भिन्नता
क्रेटामा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, बोसको ८ वटा प्रिमियम स्पिकर, हुन्डाईको व्लु लिंक कनेक्टिभिटी दिइएको छ । साथै यसमा पानारोमिक सनरुफ, भ्यान्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रिकल्ली एड्जस्टेवल ड्राइभर सिट, ७ इन्चको टिएफटी कलर इन्स्ट्रयुमेन्ट क्लस्टर, स्मार्ट प्युरिफायर, तीन फरक ड्राइभिङ मोड, रिमोट इन्जिन स्टार्ट, ६ वटा एयरव्याग, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, भेइकल स्टेविलिटी म्यानेजमेन्ट सिस्टम, हाइट अनुसार मिलाउन मिल्ने सिट बेल्ट जस्ता फिचर पाउन सकिन्छ ।

ग्रान्ड भिटारामा एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ठूलो एमआईडी भएको सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, लेयर्ड ड्यासबोर्ड, सेन्टर कन्सोल, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा सिस्टम, हेड–अप डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, इन्जिन स्टार्ट र स्टप बटन, वायरलेस चार्जिङ डक, रियर एसी भेन्ट्स जस्ता फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको ग्लोवल -यांकिङमा अझै सुधार, २४.६ अर्ब डलरको रेकर्ड ब्रान्ड मूल्यांकन

हुन्डाईको ग्लोवल -यांकिङमा अझै सुधार, २४.६ अर्ब डलरको रेकर्ड ब्रान्ड मूल्यांकन

हुन्डाई मोटर कम्पनीले २४.६ अर्ब डलरको रेकर्ड ब्रान्ड मूल्यांकन हासिल...

हुन्डाईले ड्युअल सिलिन्डर टेक्नोलोजी समावेश गरी सीएनजी पोर्टफोलियो विस्तार गर्ने

हुन्डाईले ड्युअल सिलिन्डर टेक्नोलोजी समावेश गरी सीएनजी पोर्टफोलियो विस्तार गर्ने

हुन्डाई माेटर कम्पनीले भारतीय बजारमा आफ्ना सीएनजी गाडीमा ड्युअल सिलिन्डर...

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...