कम्प्याक्ट सेडान खोज्नेलाई हुन्डाई, सुजुकी, टाटा र होन्डाका ६ कार, यस्तो छ मूल्य र पावर

सेडान भन्दा छोटो र ह्याचब्याकभन्दा केही लामो देखिने कम्प्याक्ट सेडान अहिले खासै चर्चामा रहेको पाइदैन । यो सेग्मेन्टको चर्चा सब फोर मिटर एसयूभीको बढ्दो प्रभावसँगै ओझेलमा पर्न थालेको हो । ५ बर्षअघिसम्म यो सेग्मेन्टले बजारमा राम्रै पकड जमाएको भएपनि त्यसपछि साना एसयुभीको बढ्दो प्रभावसँगै यो सेग्मेन्ट अहिले नराम्रोसँग प्रभाबित बन्दै गएको छ ।

नेपालमा यो सेग्मेन्टको बजारलाई फराकिलो बनाउन सुजुकी डिजायर र बलेनोको योगदानलाई महत्वपूर्ण मानिन्छ । तत्कालीन समयमा हुन्डाई एक्सेन्ट र होन्डा अमेजले समेत निकै राम्रो कारोबार गरेपनि बजारको नेतृत्व भने सुजुकीको यी दुई कारले लामै समयसम्म गरिरह्यो । पछि बजारमा टाटा टिगोर र अल्ट्रोज समेत थप भएपनि यी कारले खासै बजार लिन भने सकेनन् ।

यी कार भित्रिंदा नेपालमा यो सेग्मेन्टको बजार नराम्रोसँग प्रभाबित बनिसकेको थियो । हाल कम्प्याक्ट सेडानसँगै ह्याचब्याकको समेत माग घट्दो क्रममा छ । कुनै समय २ हजार हाराहारीमा आयात हुने यो सेग्मेन्ट अहिले खुम्चिएर ५ सय भन्दा तल झरेबाट पनि यसको घट्दो लोकप्रियता थप प्रष्ट हुन्छ ।

बजारमा यो सेग्मेन्टका कारको माग कम हुँदै गएपनि हुन्डाई, मारुती सुजुकी, होन्डा र टाटाले भने विभिन्न मोडलका कम्प्याक्ट सेडान आयात गर्न छाडेका छैनन् । हाल बजारमा हुन्डाइको औरा, मारुती सुजकीको डिजायर र बलेनो, होन्डाको अमेज तथा टाटाको अल्ट्रोज र टिगोर उपलब्ध छन् । जसमध्ये सबैभन्दा कम मूल्यको टाटा टिगोर बीएस ४ देखिएको छ । यो गाडीको मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी अल्ट्रोज बीएस४ को मूल्य ३२ लाख ५५ हजारदेखि ३८ लाख ५५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । टिगोर बीएस६ को मूल्य ३२ लाख ५० हजारदेखि ३९ लाख ५५ हजारसम्म र अल्ट्रोज बीएस६ को ३५ लाख ५० हजार तोकिएको छ ।

१.२ लिटर क्षमताको इन्जिन जडान गरिएको टिगोरको अधिकतम पावर ८४ बीएचपी र टर्क ११३ एनएम रहेको छ भने अल्ट्रोजको पावर ८५ बीएचपी र टर्क ११३ एनएम नै रहेको छ ।

यो सेग्मेन्टमा दोस्रो सस्तो कार बनेको छ हुन्डाई औरा । औराको मूल्य नेपाली बजारमा ३४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । १.२ लिटर क्षमताको इन्जिन जडान गरिएको यो कारको अधिकतम पावर ८२ बीएचपी र टर्क ११४ एनएम रहेको छ ।

त्यसैगरी होन्डा अमेजको बेस भेरिएन्टको मूल्य ३५ लाख ११ हजार रुपैयाँ निर्धारण गरिएको छ भने टप भेरिएन्टको ४८ लाख १८ हजार । जसका कारण टप भेरिएन्टमा अमेज सबैभन्दा महंगो देखिएको छ । अमेजमा पनि १.२ लिटर क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८६ बीएचपी र टर्क १०९ एनएम रहेको छ ।

यो सेग्मेन्टमा सबैभन्दा बढी खपत हुने मारुती सुजकी डिजायरको मूल्य ३५ लाख ५९ हजारदेखि ३९ लाख ९ हजारसम्म र बलेनोको ३६ लाख ९९ हजारदेखि ४३ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । यी दुबै कारमा १.२ लिटर क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । जसमध्ये डिजायरको अधिकतम पावर ८२ बीएचपी र टर्क ११३ एनएम तथा बलेनोको ८३ बीएचपी पावर र ११५ एनएम टर्क रहेको छ ।

सम्बन्धित समाचारहरू

टाटा नेक्सन, अल्ट्रोज, पन्च, टियागो र टिगोरको बढ्यो माइलेज

टाटा नेक्सन, अल्ट्रोज, पन्च, टियागो र टिगोरको बढ्यो माइलेज

टाटा मोटर्सले आफ्ना कारहरु अपडेट गरेको छ र यसको कारण मूल्य पनि बढ्नेछ ।...

स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै महिन्द्रा

स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै महिन्द्रा

भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५०...

नयाँ वर्ष अफर : फक्सवागनका कार किन्दा २ लाख ५० हजार र अन्य धेरै छुट

नयाँ वर्ष अफर : फक्सवागनका कार किन्दा २ लाख ५० हजार र अन्य धेरै छुट

काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा ह्याप्पी न्यु वागन २०७८, हर्ष नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...