बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाको पहल, सबैको सहयोगको आग्रह
बुटवल । बुटवलको मैनाबगरमा ‘अटो इन्जिनियरिङ कलेज’ स्थापना गर्ने योजना...
बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको समस्या समाधानमा ध्यान दिने जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।
बुटवल अटो इन्जिनियरिङ एसोसिएसनद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित मेयर खेलराज पाण्डेले आफूलाई अटो भिलेजका बारेमा राम्रो जानकारी रहेको बताउदै अटो व्यवसायीहरुको समस्यामा ध्यान दिदै यस क्षेत्रमा अटो इन्जिनियरिङ कलेज खोलेर नयाँ सेवा दिन आवश्यक रहेको बताए ।
स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्नका लागि अटो भिलेज क्षेत्रमा अटो इन्जिनियरिङ कलेज स्थापना गर्न आवश्यक रहेकोले त्यसका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने मेयर पाण्डेले बताए ।
उपमेयर साबित्रा अर्यालले अटो क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेकोले त्यसका लागि सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताइन् ।
संस्थाका अध्यक्ष तुल्सीराम न्यौपानेले अटो भिलेजमा सडक नाली निर्माण, फोहर व्यवस्थापन, प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक रहेको जानकारी गराए ।
संस्थाका संस्थापक अध्यक्ष खडक बहादुर गौतम, महासचिव ध्रुव भुसाल लगायतले बोल्दै अटो क्षेत्रको विकास गर्न नगरपालिकाले ध्यान दिन आवश्यक रहेको चर्चा गरे ।
बुटवल । बुटवलको मैनाबगरमा ‘अटो इन्जिनियरिङ कलेज’ स्थापना गर्ने योजना...
कारमा नयाँ नयाँ परिवर्तनहरू तीव्र गतिमा भइरहेका छन् । आजकल कार उत्पादन...
लामो दुरीको यात्रामा जानुभन्दा पहिला बाटोमा कुनै पनि प्रकारको समस्याबाट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...