जेसीबी वा निर्माण उपकरणको रङ किन पहेलो हुन्छ ?

निर्माण स्थलहरूमा पहेँलो मेसिनले उत्खनन वा तोडफोड जस्ता कामहरू गरिरहेको देख्नु भएकै होला । जसलाई दुवैतर्फबाट सञ्चालन गर्न सकिन्छ । यो जम्बो मेसिनको रङ पहेंलो हुन्छ, जसलाई धेरैले जेसीबी भनेर चिन्छन् । यस्ता मेसिन धे्रै कम्पनीका भए पनि जेसीबी नै धेरै प्रचलित भएकाले यसलाई जेसीबी नै भनेर चिन्ने धेरै छन् ।

जेसीबी मेसिन होइन, कम्पनीको नाम हो
वास्तवमा जेसीबी मेसिनको नाम होइन । यो जेसीबी बनाउने कम्पनीको नाम हो । कम्पनीले करिब ८० वर्षदेखि निर्माण स्थलमा प्रयोग हुने जेसीबी मेसिनहरू निर्माण गर्दै आएको छ । यो खासमा एस्काभेटर हो । जेसीबी पहिलो पटक सन् १९४५ मा लन्च गरिएको थियो । यस कम्पनीको मालिक र संस्थापक ब्रिटिश अरबपति जोसेफ सिरिल बामफोर्ड थिए । उनकै छोटकरी नाममा यो मेसीनको नाम जेसीबी राखिएको हो ।

यो किन पहेंलो हुन्छ ?
वास्तवमा पहेंलो रङले अन्य रङको तुलनामा सजिलै ध्यान आकर्षित गर्छ । निर्माण स्थलहरूमा प्रयोग हुने जेसीबी वा अन्य मेसिनहरू पहेंलो हुनुको कारण रङको दृश्यता हो । जसको कारणले गर्दा उत्खनन गरिएको ठाउँमा जेसीबी सजिलै देख्न सकिन्छ । साथै, अँध्यारोमा पनि पहेंलो रङ सजिलै देख्न सकिन्छ ।

एक रिसर्चका अनुसार पहेंलो रङ रातो रङको तुलनामा १.२४ गुणा प्रष्ट देख्न सकिन्छ । सुरक्षालाई ध्यानमा राखेर जेसीबी वा स्कुल बसको रङ पहेंलो राखिएको हो । निर्माणस्थलमा काम गर्ने अधिकांश कामदारले पहेंलो रङको हेलमेट र ज्याकेट लगाएका हुन्छन् । तर, पछि रेडियम लाइट र स्टिकरजस्ता प्रविधिको आगमनसँगै तिनीहरूको रङ परिवर्तन हुन थाल्यो ।

निलो जेसीबी
कम्पनीले निलो रङको जेसीबी पनि बनाएको थियो । यद्यपि यो विशेष रूपमा कम्पनीको ५६औं वार्षिकोत्सवको लागि मात्र बनाइएको थियो, जुन वास्तवमा इको ब्याकहो लोडर थियो तर यसको सुविधाहरू आजको जेसीबी जस्तै थिए । त्यो मेसिनमा जुनियर ज्याक कलर प्रयोग गरिएको थियो, अर्थात् यसको रङ इङ्गल्याण्डको झण्डा जस्तो देखिन्थ्यो ।

जेसीबीको फास्ट्रयाक ट्रयाक्टर
साधारण ट्रयाक्टरको गति ३५ किलोमिटर प्रति घन्टा हुन्छ । विश्वको सबैभन्दा तीव्र गतिको ट्रयाक्टर ‘फस्ट्रयाक’ जेसीबी कम्पनीले सन् १९९१ मा बनाएको थियो । यसको अधिकतम गति ६५ किलोमिटर प्रति घन्टा थियो । अहिलेसम्म यस्तो तीव्र गतिको ट्रयाक्टर बनेको छैन ।

सम्बन्धित समाचारहरू

बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाको पहल, सबैको सहयोगको आग्रह

बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाको पहल, सबैको सहयोगको आग्रह

बुटवल । बुटवलको मैनाबगरमा ‘अटो इन्जिनियरिङ कलेज’ स्थापना गर्ने योजना...

स्कोडा र फक्सवागनले आफ्ना कारमा नयाँ ८ स्पिड गियरबक्स उपलब्ध गराउने, ड्राइभिङ र माइलेजमा सुधार हुने

स्कोडा र फक्सवागनले आफ्ना कारमा नयाँ ८ स्पिड गियरबक्स उपलब्ध गराउने, ड्राइभिङ र माइलेजमा सुधार हुने

स्कोडा र फक्सवागनले बजारमा धेरै उत्कृष्ट कार र एसयूभी बिक्री गरिरहेका छन्...

मोटरसाइकल स्टार्ट नहुँदा नआत्तिनुहोस्, यी साधारण जाँचले बचाउन सक्छ मेकानिक खर्च

मोटरसाइकल स्टार्ट नहुँदा नआत्तिनुहोस्, यी साधारण जाँचले बचाउन सक्छ मेकानिक खर्च

कहिलेकाहीँ मोटरसाइकल अचानक स्टार्ट नहुँदा धेरैजसो चालक सिधै मेकानिककहाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...