हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान नेपालमा आउँदै
नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान...
चाङ्गानले थाइल्याण्डमा आफ्नो पहिलो कार प्लान्टको शिलान्यास गरेको छ । आसियन मुलुकमा आफ्नो उपस्थितीलाई थप मजुवत बनाउँदै जाने रणनिती अनुरुप कम्पनीले थाइल्यान्डमा आफनो उत्पादन यूनिट स्थाापना गर्न लागेको हो । सो नयाँ प्लान्ट ६ सय एकड क्षेत्रफलमा फैलिएको छ ।
सो प्लान्टबाट पेन्टिङ, एसेम्ब्ली, इन्जिन एसेम्ब्ली र ब्याट्री एसेम्वल लगायत अन्य कामहरु हुने कम्पनीले जनाएको छ । वर्षमा १ लाख युनिट कार उत्पादन गर्ने क्षमता रहेको सो नयाँ प्लान्टबाट सन् २०२५ देखी पहिलो चरणमा उत्पादन सुरु हुने लक्ष्य लिइएको छ ।
दोस्रो चरणमा कम्पनीले ५६३ मिलियन डलर लगानी थपेर बार्षिक २ लाखसम्म सवारी साधन उत्पादन गर्ने कम्पनीको योजना छ । आसियन मुलकलाई लक्षित गरी निर्माण थालिएको प्लान्टबाट राइट ह्यान्ड ड्राइभका सवारी साधन उत्पादन हुने जनाइएको छ ।
सन् २०३० सम्ममा दक्षिणपूर्वी एसियाली(आसियन) मुलुकमा उत्पादित ३० प्रतिशत सवारी साधनलाई विद्युतीय सवारीसाधनमा परिणत गर्ने थाई सरकारको लक्ष्यलाई थप मजबुत बनाउन चाङ्गनले थाइल्यान्डमा नयाँ प्लान्ट निर्माण गरेको हो । जहाँबाट उत्पादन हुने सवारी साधन भविष्यमा नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ ।
चाङ्गनको नेपालका लागि आधिकारिक वितरकका रुपमा एमएडब्लु बृद्धि अटो कर्पले कारोबार गर्दै आएको छ । कम्पनीले सन् २०२४ को पहिलो त्रैमासिक सम्ममा यसको डिपल एसएल–०३ र एस७ ईभी सार्बजनिक गर्ने तयारी थालेको छ ।
नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान...
काठमाडौं – आम उपभोक्ताहरुमा विद्युतीय सवारी साधन प्रति आकर्षण बढिरहेको...
इलेक्ट्रिक सवारी साधन स्टार्टअप र्याप्टी डट एचभीले भारतमा आफ्नो पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...