थाइल्यान्डमा चाङ्गनको प्लान्ट निर्माण सुरु, आसियन मुलुकमा बजार थप विस्तार हुने

चाङ्गानले थाइल्याण्डमा आफ्नो पहिलो कार प्लान्टको शिलान्यास गरेको छ । आसियन मुलुकमा आफ्नो उपस्थितीलाई थप मजुवत बनाउँदै जाने रणनिती अनुरुप कम्पनीले थाइल्यान्डमा आफनो उत्पादन यूनिट स्थाापना गर्न लागेको हो । सो नयाँ प्लान्ट ६ सय एकड क्षेत्रफलमा फैलिएको छ ।

सो प्लान्टबाट पेन्टिङ, एसेम्ब्ली, इन्जिन एसेम्ब्ली र ब्याट्री एसेम्वल लगायत अन्य कामहरु हुने कम्पनीले जनाएको छ । वर्षमा १ लाख युनिट कार उत्पादन गर्ने क्षमता रहेको सो नयाँ प्लान्टबाट सन् २०२५ देखी पहिलो चरणमा उत्पादन सुरु हुने लक्ष्य लिइएको छ ।

दोस्रो चरणमा कम्पनीले ५६३ मिलियन डलर लगानी थपेर बार्षिक २ लाखसम्म सवारी साधन उत्पादन गर्ने कम्पनीको योजना छ । आसियन मुलकलाई लक्षित गरी निर्माण थालिएको प्लान्टबाट राइट ह्यान्ड ड्राइभका सवारी साधन उत्पादन हुने जनाइएको छ ।

सन् २०३० सम्ममा दक्षिणपूर्वी एसियाली(आसियन) मुलुकमा उत्पादित ३० प्रतिशत सवारी साधनलाई विद्युतीय सवारीसाधनमा परिणत गर्ने थाई सरकारको लक्ष्यलाई थप मजबुत बनाउन चाङ्गनले थाइल्यान्डमा नयाँ प्लान्ट निर्माण गरेको हो । जहाँबाट उत्पादन हुने सवारी साधन भविष्यमा नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ ।

चाङ्गनको नेपालका लागि आधिकारिक वितरकका रुपमा एमएडब्लु बृद्धि अटो कर्पले कारोबार गर्दै आएको छ । कम्पनीले सन् २०२४ को पहिलो त्रैमासिक सम्ममा यसको डिपल एसएल–०३ र एस७ ईभी सार्बजनिक गर्ने तयारी थालेको छ ।

सम्बन्धित समाचारहरू

नर्वेमा सन् २०२५ मा बिक्री  भएका ९६ प्रतिशत नयाँ कारहरू पूर्ण रूपमा इलेक्ट्रिक

नर्वेमा सन् २०२५ मा बिक्री भएका ९६ प्रतिशत नयाँ कारहरू पूर्ण रूपमा इलेक्ट्रिक

नर्वे इलेक्ट्रिक सवारी साधनतर्फको रूपान्तरणमा ऐतिहासिक उपलब्धिको नजिक...

पुराना कारको ब्याट्रीबाट ज्यागुअर ल्यान्डरोभरले बनाउदै छ इनर्जी स्टोरेज सिस्टम

पुराना कारको ब्याट्रीबाट ज्यागुअर ल्यान्डरोभरले बनाउदै छ इनर्जी स्टोरेज सिस्टम

ब्रिटिश कार निर्माता कम्पनी ज्यागुअर ल्यान्डरोभरले सो कम्पनीको...

फेरि अर्को सबैभन्दा सस्तो इलेक्ट्रिक कारको चर्चा

फेरि अर्को सबैभन्दा सस्तो इलेक्ट्रिक कारको चर्चा

पेट्रोल र डिजेलको मूल्य विगत केही वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ । यही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...