टाटा कर्भसंग प्रतिस्पर्धा गर्न सिट्रोनले नयाँ कुपे एसयूभी ल्याउने, अगष्ट २ मा सार्बजनिक हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले आगमी अगष्ट २ मा नयाँ कुपे एसयूभी बसाल्ट सार्बजनिक गर्ने भएको छ । सो नयाँ एसयूभीले भारतिय बजारमा टाटाको आगामी कुपे एसयूभी कर्भसंग सिधा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

हाल उपलब्ध सी३ एयरक्रसमा आधारित हुने सो एसयूभीमा एलईडी डीआरएल, ¥यापराउन्ड टेललाइट र स्क्वायर–इश ह्वील आर्चसहितको स्प्लिट हेडल्याम्प लगायत विशेषता हुनेछ ।

बसाल्टको भित्री भाग पनि सी३ एयरक्रस जस्तै हुने अपेक्षा गरिएको छ । यद्यपी यसलाई फिचर लोडेड बनाउन सिट्रोनले केही नयाँ फिचर थप गर्ने अनुमान गरिएको छ । कारमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जिङलगायतका सुविधाहरू उपलब्ध हुने सम्भावना छ ।

सो नयाँ एसयूभीमा सिट्रोनले सी३ एयरक्रसमा जस्तै १.२–लिटर टर्बो–पेट्रोल इन्जिन उपलब्ध गराउने जनाइएको छ । उक्त इन्जिनले १०९ बिएचपी पावर र २०५ एनएम टर्क जेनेरेट गर्दछ । बसाल्ट ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्पमा उपलब्ध हुनेछ ।

सिट्रोनले हाल भारतमा सी३ लाई कम्वसन र इलेक्ट्रिक पावरट्रेनमा उपलब्ध गराउँदै आएको छ भने अर्को कम्प्याक्ट एसयूभी सी३ एयरक्रस समेत उत्पादन गर्दै आएको छ । नयाँ एसयुभी भारतमा लन्च भएपछि नेपाल समेत आउनेछ ।

सम्बन्धित समाचारहरू

तीन भेरिएन्टमा आयो सिट्रोन सी३ एयरक्रस, यस्तो छ फिचर र पावरट्रेन

तीन भेरिएन्टमा आयो सिट्रोन सी३ एयरक्रस, यस्तो छ फिचर र पावरट्रेन

फ्रेन्च अटो निर्माता सिट्रोनले आफ्नो वहुप्रतिक्षित मिड साइज एसयूभी सी३...

सीट्रोन ईसी–३ ‘भ्यालु फर मनी’ गाडी हो : अजय श्रेष्ठ

सीट्रोन ईसी–३ ‘भ्यालु फर मनी’ गाडी हो : अजय श्रेष्ठ

सरकारले विद्युतीय गाडीमा लाग्ने कर घटाएसंगै नेपालमा विद्युतीय गाडी...

स्टार क्रिकेटर धोनीको नाममा आयो सिट्रोन सी३ एयरक्रस, १०० यूनिटमात्रै उत्पादन हुने

स्टार क्रिकेटर धोनीको नाममा आयो सिट्रोन सी३ एयरक्रस, १०० यूनिटमात्रै उत्पादन हुने

सिट्रोन इन्डियाले भारतीय बजारमा सी३ एयरक्रसको धोनी संस्करण लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...